NIMB Header 2
Nepal Life

हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2025 Jun 27 09:37
हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं, असार १३ । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (असार १३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत जेठ ३० गतेदेखि उक्त आईपीओ बिक्री खुला गरेको थियो।

Shikhar
NIMB

कम्पनीले ३७ करोड ३० लाख रुपैयाँको जारी पूँजीको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको छ।

उक्त शेयर ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं. ८ अन्तर्गतको साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा तथा सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नं. २ अन्तर्गत साविक गोली गाविसका वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

यसका साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ लाख २५ हजार रुपैयाँ बराबरको ९३ हजार २५० कित्ता साधारण शेयर निष्कासन गरिएको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई "इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस" प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

हिम स्टार ऊर्जा कम्पनीले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ। यस आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ रहेको छ। आयोजना सम्पन्न भएपछि ७.१४ वर्षभित्र साधारण लगानी फिर्ता हुने अनुमान गरिएको छ भने डिस्काउन्टेड अवधिमा लगानी फिर्ता हुने अवधि ११.७५ वर्ष छ। आयोजना सञ्चालनको लागि विद्युत् अनुमतिपत्रको बाँकी अवधि २७.७ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड हो। आवेदन दिने स्थानीय बासिन्दाहरूले सिटिजन्स बैंक इन्टरनेशनलको लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका वडा नं. ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन, र सोलुखुम्बुको वडा नं. २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, बिक्री प्रबन्धकको वेबसाइटमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

शेयर आवेदन फाराम प्राप्त गर्नका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया