Nepal Life

क्लोजिङ पछि बजार बढ्ने अपेक्षामा होल्डिङ गर्न खोज्दा ३० अंकको सुधार, कारोबार रकम ७ अर्ब १२ करोडमा सिमित

NMB Bank
  • BFIS News
  • 2025 Jun 29 15:22
क्लोजिङ पछि बजार बढ्ने अपेक्षामा होल्डिङ गर्न खोज्दा ३० अंकको सुधार, कारोबार रकम ७ अर्ब १२ करोडमा सिमित
National Life

काठमाडौं। असार मसान्तको चरम संकटमा शेयर बजारमा आएको एकाएकको सुधारले लगानीकर्ता आज अचम्मित भएका छन्। आइतबार नेप्से सूचक ३० अंकले बढ्दा कारोबार करम ७ अर्ब १२ करोडको भएको छ। सूचकमा उल्लेख्य सुधार आउदा कारोबार रकममा भने सुधार आउन सकेन। 

Shikhar
NIMB

क्लोजिङको असर देखिन अझै बाँकी रहेको र बिक्री गर्नेले पनि असार पछि बजारले गति लिन सक्ने भन्दै होल्ड गर्दा बजारमा सुधार देखिएको बजार विश्लेषकहरु बताउछन्। पैसाको खासो पर्नेले गएको साता शेयर बिक्री गरेर पैसा बनाइसकेका छन्। यसले गर्दा आज बजारमा सेलिङ प्रेसर कम देखियो। सेलिङ प्रेसर कम भए पनि क्लोजिङ अझै बाँकी रहेको भन्दै खरिद गर्नेले पनि संयमता अपनाइरहेका छन्। यहि संयमताले आज बजारमा एकाएक सुधार देखियो।

त्यसमा दिपेन्द्र अग्रवाल समुहले लो क्यापका शेयरमा उछाल ल्याउन खोज्दा बजार केहि सकारात्मक देखिएको हो। यस समुहले असार पछि बजार पोजेटिभ देखिने र बिक्री गर्न भ्याइने भन्दै अहिले शेयर उठाइरहेका छन्। आज बाणिज्य बैंकको शेयरमा केहिहदसम्म उछाल आएको छ। अवको दिनमा अन्य स्टक भन्दा बैंक वित्तीय संस्थाले स्पेस पाउने आशामा ठुला लगानीकर्ता तयारी अवस्थामा छन्। ठुला लगानीकर्ताहरु जसरी पनि यस वर्ष बाणिज्य बैंकलाई माथि पुर्याउने दाउमा छन्। तर सप्लाइ धेरै भएकाले उनिहरु अहिलेदेखि नै बाणिज्य बैंकको शेयर एकुमुलेसन गरिरहेका छन्। जसले बजारमा शक्तिसंचितिकरणको काम गरिरहेको छ। 

कर, व्याज, किस्ता, कम्पनीको मुनाफा बढाउने प्रयोजन बाहेक जति लगानीकर्ताहरु छन् उनिहरुले शेयर सञ्चित गर्दै आएका छन्। यसले भोलिका दिनमा बजार बढाउन ठुलो मद्दत गर्ने विश्लेषकहरु बताउछन्। आजका दिनमा शेयर सञ्चित गर्नेहरुले भोलिका दिनमा बजार बढ्न थाले पछि राम्रो नाफा कमाउन सक्ने भएकाले ठुला लगानीकर्ता तथा ब्रोकरहरु शेयर उठाइरहेका छन्। बैंकमा यथेष्ट पैसा भएकाले व्यक्तिगत रुपमा लगानी गर्नेहरुका लागि यो समय एकदमै उर्वर मानिन्छ। संस्थागत लगानीकर्ताहरुले बुक भ्यालु बढाउन तथा शेयरधनीलाई लाभांश दिन भए पनि शेयर बिक्री गर्नु पर्ने बाध्यता छ। 

आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अल्पकालिन र लोक्यापका शेयरमा कर्नरिङ गरेर मूल्य बढाउने समुहले एक हिसावले पैसा बनाइरहेका छन् तर उनिहरुको पछाडि लागेर शेयर किन्ने तर बिक्री गर्न नसक्ने लगानीकर्ता भने डुबिरहेका छन्। 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया