NIMB Header 2
Nepal Life

पछिल्लो एक महिनामा लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका २० कम्पनी, हाइड्रोपावर सबैभन्दा अगाडी

National Life
  • BFIS News
  • 2025 Jun 30 18:11
पछिल्लो एक महिनामा लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका २० कम्पनी, हाइड्रोपावर सबैभन्दा अगाडी
Sanima Reliance

काठमाडौं। पछिल्लो एक महिनामा शेयर बजार डिप्रेस मुडमा देखियो। कतिपय कम्पनीको शेयर कारोबारलाई हेर्यो भने उनिहरुलाई घट्दो ट्रेण्डले खासै ठुलो प्रभाव पारेको देखिदैन। यहाँ एक महिनाको अवधिमा सर्वाधिक धेरै कारोबार भएका २० कम्पनीको मात्रै ९३ अर्ब ८३ करोडको खरिद बिक्री भएको छ। सर्वाधिक धेरै कारोबार हुनेमा अधिकाम्स जलविद्युत कम्पनी छन्। त्यसमा पनि अधिकाम्स नियमित लाभांश प्रदान गर्दै आइरहेका र केहि हकप्रदको फण्डाले रोजाइमा पर्दै आएका छन्।

Shikhar
NIMB

१. NGPL (ङादी ग्रुप पावर लिमिटेड)

पछिल्लो एक महिनामा लगानीकर्ताको सर्वाधिक रोजाइमा परेको ङादी ग्रुप पावरको मात्रै १० अर्ब १६ करोडको कारोबार भएको छ। सत प्रतिशत हकप्रद शेयर निष्काशन पछि पनि लगानीकर्ताको पहिलो रोजाइमा परेको यस कम्पनीले नविकेको हकप्रद बोलकबोल मार्फत शेयर प्रिमियम आर्जन गरेर बोनस शेयर वितरण गर्छ भनेरै लगानीकर्ता आकर्षित भएका हुन्। अहिले पनि दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ३९४ रुपैयाँ रहेको छ।  

२. RADHI (राधी पावर कम्पनी)

दोस्रो धेरै कारोबार भएको राधी पावरको पछिल्लो एक महिनामा ९ अर्ब ७८ करोडको खरिद बिक्री भएको छ। सत प्रतिशत हकप्रदको चक्करमा यसको पनि सर्वाधिक धेरै कारोबार भइरहेको छ।

३. BPCL (बुटवल पावर कम्पनी लिमिटेड)

जलविद्युत मध्ये कसैले शेयरधनीलाई रातारात मालामाल बनाएको छ भने त्यो हो बुटवल पावर कम्पनी। धेरै वर्षदेखि खासै बढ्न नसकेको यस कम्पनीको शेयर मूल्यमा मात्रै उछाल आएको छैन कारोबार रकम पनि सर्वाधिक धेरै हुँदै आएको छ। पछिल्लो एक महिनामा मात्रै यस कम्पनीको ९६ अर्ब ६२ करोडको कारोबार भएको छ।

४. SHPC (सानिमा माइ हाइड्रोपावर)

हरेक वर्ष लाभांश दिदै आएको सानिमा माइ हाइड्रोपावर पनि लगानीकर्ताको सर्वाधिक रोजाइमा पर्दै आएको छ। यसको पनि पछिल्लो एक महिनामा ८६ अर्ब ३७ करोडको खरिद बिक्री भएको छ।

५. UPCL (युनिभर्सल पावर कम्पनी)

युनिभर्स पावर कम्पनी पनि लगानीकर्ताको सर्वाधिक रोजाइमा पर्दै आएको छ। यस कम्पनीले पनि लाभांश वितरण गर्न थालिसकेको छ भने मुनफा पनि राम्रोछ।

६ SHEL (सिङ्गटी हाइड्रोपावर)

सिङ्गटी हाइड्रोपावर कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गरिसकेको छ। अर्को तर्फ यसले अन्य जलविद्युत कम्पनी निर्माण गर्न थालेका विषयले चर्चा पाउदै गर्दा शेयर कारोबार पनि अत्याधिक हुँदै आइरहेको छ।

७. AKPL (अरुण काबेली पावर)

विभिन्न समयमा हकप्रद निष्काशन गर्न माहिर यस कम्पनीले नियमित रुपमा लाभांश दिदै आइरहेको छ। यसले गर्दा पनि सर्वाधिक धेरै कारोबार हुनेमा ७ औं नम्बरमा छ।

८. NRN (एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट)

सेयर संख्यामा कम भए तापनि उच्च मूल्यले यसको कारोबार रकम सर्वाधिक धेरै हुँदै आइरहेको छ। शेयर मूल्य २०३८ रुपैयाँ रहेको यसमा लगानीकर्ताको आकर्षण एकदमै धेरै छ।

९. CHCL (चिलिमे हाइड्रोपावर)

दीर्घकालीन स्थायित्व र सरकारी लगानीले गर्दा यसमा यस पटक लगानीकर्ताको आकर्षण धेरै देखिएको छ। जलविद्युत कम्पनीहरुमा उछाल आउदै गर्दा चिलिमेले पनि केहि राहात पाएको छ। यद्यपी शेयर बजारमा कुनै समय चिलिमे सर्वाधिक लगानीकर्ताको रोजाइमा पर्थ्यो।

१०. HIDCLP

सस्तो शेयर मूल्य त्यसमा पनि अहिले नविकेको हकप्रद मार्फत निर्माण भएको एचआइडिसिएलको संस्थापक शेयर पनि सर्वसाधारणमा कन्भर्ट गर्ने चर्चाले बजारमा राम्रो कारोबार हुँदै आइरहेको छ।

नेप्सेमा जलविद्युत् कम्पनीहरूले नै कारोबारमा वर्चस्व जमाइरहेका छन्। उच्च कारोबार भएका कम्पनीहरू वा त दीर्घकालीन वृद्धि आशामा छन् वा स्थिर लाभांश वितरणकर्ताको रूपमा चिनिएका छन्, जसले नेपालमा पूर्वाधार, उर्जा र उद्योग क्षेत्रका लगानी प्राथमिकताको संकेत दिन्छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया