NIMB Header 2
Nepal Life

विकाश हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने, २९ लाख ४२ हजार ७६० कित्ता सर्वसाधारणलाई

National Life
  • BFIS News
  • 2025 Jul 02 11:54
विकाश हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने,  २९ लाख ४२ हजार ७६० कित्ता सर्वसाधारणलाई
Sanima Reliance

काठमाडौं, असार १८ – विकाश हाइड्रोपावर लिमिटेडले आजदेखि (मंगलवार, असार १८ गते) सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

Shikhar
NIMB

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भइसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो।

कम्पनीले ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ बराबरको जारी पूँजीको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

यस मध्ये ९ लाख ९ हजार १०१ कित्ता आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाहरूका लागि र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन भइसकेको छ। अब कम्पनीले ७० हजार ९१० कित्ता शेयर कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

न्यूनतम १० कित्ताबाट अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओमा आवेदन दिनको लागि छिटोमा असार २२ गते र ढिलोमा असार ३२ गतेसम्मको समय तोकिएको छ।

कम्पनीलाई इक्रा नेपालले प्रदान गरेको रेटिङ अनुसार ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस’ दिइएको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

विकाश हाइड्रोपावरले निर्माण गरी सञ्चालनमा ल्याएको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना रहेको छ। आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख ४६ हजार ३७७ रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार ४३५ रुपैयाँ रहेको छ।

आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै ३० वर्ष ९ महिना बाँकी रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ३ महिना र छुट (discount) सहितको लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया