NIMB Header 2
Nepal Life

विकास हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन, ५९ लाख कित्ताभन्दा धेरैको आवेदन पर्‍यो

National Life
  • BFIS News
  • 2025 Jul 02 19:53
विकास हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन, ५९ लाख कित्ताभन्दा धेरैको आवेदन पर्‍यो
Sanima Reliance

काठमाडौं, असार १८ – विकास हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा बुधबार पहिलो दिनमै अत्यधिक माग देखिएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार साँझ ५:०७ बजे सम्ममा कुल ५९ लाख ५९ हजार ६७० कित्ताका लागि आवेदन परेको हो।

Shikhar
NIMB

आईपीओमा पहिलो दिन मात्रै ४ लाख ८४ हजार ११९ जना सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन्। कम्पनीले सर्वसाधारणका लागि कुल २९ लाख ४२ हजार ७६० कित्ता शेयर निष्कासन गरेको थियो।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई क्रमशः ९ लाख ९ हजार १०१ र ३ लाख ५४ हजार ५५० कित्ता साधारण शेयर वितरण गरिसकेको छ। अब कम्पनीले कर्मचारीहरूका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता शेयर छुट्याएर बाँकी २९ लाख ४२ हजार ७६० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद छिटोमा असार २२ गते र ढिलोमा असार ३२ गतेसम्म रहेको छ।

इक्रा नेपालले विकास हाइड्रोपावरलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

विकास हाइड्रोपावरले निर्माण गरेको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना (४.५५ मेगावाट क्षमता) सञ्चालनमा आइसकेको छ। आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख ४६ हजार ३७७ रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार ४३५ रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै ३० वर्ष ९ महिना बाँकी रहेको छ। साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ७ वर्ष ३ महिना तथा छुट (discount) सहितको लगानी फिर्ताको अवधि १० वर्ष ९ महिना रहेको जानकारी दिइएको छ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया