NIMB Header 2
Nepal Life

स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्दै

National Life
  • BFIS News
  • 2025 Jul 03 11:36
स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्दै
Sanima Reliance

काठमाडौँ – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आगामी असार २७ गतेदेखि आईपीओ (सर्वसाधारण शेयर) निष्काशन गर्न लागेको छ।

Shikhar
NIMB

लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरका २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। यसमध्ये १ हजार १५५ कित्ता शेयर कर्मचारीका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २ लाख १८ हजार २९५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको हो।

प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

स्वस्तिक लघुवित्तले गराएको क्रेडिट रेटिङ अनुसार इक्रा नेपालले 'ICRA NP Issuer Rating B (ICRANP-IR B)' प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमा पुरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त गर्न सकिनेछ अथवा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको वेबसाइटमा अवलोकन गर्न सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया