Nepal Life

बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने, सर्वसाधारण समुह तर्फको २९ लाख ५ हजार कित्ता जारी

NMB Bank
  • BFIS News
  • 2025 Jul 06 11:16
बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने, सर्वसाधारण समुह तर्फको २९ लाख ५ हजार कित्ता जारी
National Life

काठमाडौं। बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आगामी असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

 

Shikhar
NIMB

कम्पनीले ८३ करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत, अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। यसमध्ये, ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर, अर्थात ८ करोड ३० लाख रुपैयाँ बराबरको शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि छुट्याइएको छ।

प्रभावित क्षेत्रका लागि शेयर वितरण यस प्रकार छ:

६५ प्रतिशत शेयर सुदूर पश्चिम प्रदेश अन्तर्गत बझाङ्ग जिल्लाको बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १) मा बाँडफाँट गरिनेछ। ३५ प्रतिशत शेयर बुङ्गल नगरपालिका अन्तर्गत वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११ का बासिन्दालाई छुट्याइएको छ।

यसका साथै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि पनि २ लाख ७ हजार ५०० कित्ता शेयर, अर्थात २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गरिनेछ। यसमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरुले आवेदन दिन सक्नेछन्।

आवेदन सम्बन्धी जानकारी:

 न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आवेदन खुला हुने अन्तिम मिति साउन ११ गतेदेखि साउन २६ गतेसम्म हुनेछ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन ११ गतेभित्रै आवेदन दिनुपर्नेछ।

रेटिङ्ग तथा आयोजना विवरण:

आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले "CARE-NP B" रेटिङ्ग दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

बुङ्गल हाइड्रोले निर्माण गरेको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको छ। प्रति मेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ रहेको छ। विद्युत अनुमतिपत्र २६ वर्ष १० महिना बाँकी रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष, र छुटमा फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको छ।

शेयर बिक्री व्यवस्थापन:

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

स्थानिय बासिन्दाहरुले:

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बुङ्गल नगरपालिका, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका, तथा आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। फाराम शुल्क २ रुपैयाँ तोकिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण C-ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट C-ASBA प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया