Nepal Life

जेनजी आन्दोलनको प्रभाव शेयर बजारमा, आन्दोलनले हिंसात्मक रुप लिदा आत्तीए लगानीकर्ता, स्थिती नियन्त्रण बाहिर

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 15:18
जेनजी आन्दोलनको प्रभाव शेयर बजारमा, आन्दोलनले हिंसात्मक रुप लिदा आत्तीए लगानीकर्ता, स्थिती नियन्त्रण बाहिर
National Life

काठमाडौं। जेनजी उमेर समुहले काठमाडौं लगायत विभिन्न सहरहरुमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिदा यसको असर शेयर बजारमा परेको छ। सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध सुरु गरिएको ‘जेनजी’ युवाहरूको आन्दोलन हिंसात्मक बन्दै गएको छ। अहिलेसम्म कम्तीमा दुई जनाको ज्यान गइसकेको छ।

Shikhar
NIMB

आजको घटनाले अर्को रुप लियो भने अहिलेको राजनीतिक अस्तित्व माथि नै ठुलो चुनौती थपिनेदेखिएको छ। यसले गर्दा लगानीकर्ताहरु आज आत्तीएका हुन्। सोमबार ३३.१५ अंकले बजार घटेको छ भने कारोबार रकम ५ अर्ब २३ करोडको भएको छ। आज २२९ कम्पनीको शेयर मूल्यमा गिरावट आउदा २२ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ। सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ३० करोड भन्दा धेरैको कारोबार भएको छ। सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आएको छ।

स्थिती नियन्त्रण भन्दा बाहिर गए सँगै सरकारले ठाउँ ठाउँमा कर्फ्यु लगाएको छ। कर्फ्यु  लगाउदै गोलि चलाउदा घाइत र मृत्यु हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ। यसले गर्दा आज आपत्कालिन मन्त्रिपरिषदको बैठक बस्दैछ। विशेषगरी भ्रष्टाचार र स्थायी सरकारको माग गर्दै यस समुहले स्थायित्वका लागि आवाज उठाएको छ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया