शेयर कारोबार अव असोज ५ गतेदेखि मात्रै खुल्ने, लगानीकर्ताको सुझावलाई मान्दै कारोबार बन्द गर्ने निर्णय
- BFIS News
- 2025 Sep 12 16:07
काठमाडौं। शेयर बजार अव असोज ५ गतेदेखि मात्रै खुल्ने भएको छ। नेपाल स्टक एक्सचेन्जले असोज २ गतेसम्म कारोबार बन्द गर्ने निर्णय गरे सँगै असोज ३ गते संविधान दिवस र ४ गते शनिवार परेका अव असोज ५ गते मात्रै खुल्ने भएको हो।
लगानीकर्ताका संघ संघठनले अहिलेको विषयम परिस्थितिलाई मध्यनजर गर्दै तत्काल कारोबार खुला नगर्न अनुरोध गर्दै आइरहेका छन्। अहिले बजार खुलाउदा घट्ने डरले गर्दा लगानीकर्ताले बजार खोल्न नहुने भन्दै आएका हुन्।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफ ९०(१,घ) बमोजिम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार असोज २ गते बिहीबारसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
देशको विषम परिस्थितिका अझै सहज नभएको कारणले शेयर कारोबार बन्द गरेको नेप्सेले बताएको छ । अब असोज ५ गते आइतबार मात्रै बजार खुल्नेछ। लगानीकर्ताहरु पनि कारोबार खुलाउने पक्षमा थिएनन । मुलुकमा यस्तो घटना घटेको छ । यस्तो बेला कुनै लगानीकर्ता शेयर कारोबार गर्न मनस्थितीमा छैनन । यस्तो बेला खोलिएको बजारले हानी मात्रै गर्ने हुँदा बजार बन्दगर्नु नेप्सेको निणर्य सकारात्मक रहेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया