NIMB Header 2
Nepal Life

शेयर बजार सामान्य अवस्था हुँदा पनि किन बन्द? बजार घट्ने डरमा बजारलाई बन्धक बनाउनु कत्तिको उचित?

National Life
  • BFIS News
  • 2025 Sep 14 06:12
शेयर बजार सामान्य अवस्था हुँदा पनि किन बन्द? बजार घट्ने डरमा बजारलाई बन्धक बनाउनु कत्तिको उचित?
Sanima Reliance

काठमाडौं। जेनजी आन्दोलनको नाममा देशमा भएको अशान्ति र तोडफोडपछि सेप्टेम्बर ९ अर्थात भदौ २४ गतेदेखि नेप्से (नेपाल स्टक एक्सचेन्ज) मा कारोबार पूर्ण रूपमा बन्द गरिएको छ। लगानीकर्ता संघ–संस्थाहरूको मागमा आधारित भएर नेप्सेले असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय लिएको हो। असोज २ गतेसम्म बजार बन्द गर्दा असोज ५ गतेदेखि मात्रै खुल्नेछ। तर अहिले अवस्था सामान्य भइसकेको अवस्थामा समेत बजारलाई अनावश्यक रूपमा बन्द राख्नु कत्तिको उचित हो भन्ने प्रश्न उठ्न थालेको छ।

Shikhar
NIMB

भदौ २२ गते सुरु भएको आन्दोलन भदौ २७ गते शुक्रबारको दिन अन्तरिम सरकार गठनसहित केही निष्कर्षमा पुगेको छ। तर त्यसपछि पनि नेप्सेले भदौ २९ गतेदेखि असोज २ गतेसम्म पुनः एक साता लामो बन्द गर्ने निर्णय गरेको छ, जुन निर्णयलाई बजार विश्लेषकहरूले अव्यवहारिक भन्दै आलोचना गरेका छन्।

विश्लेषकहरू भन्छन् — "अहिले पूर्वाधारहरू (जस्तै डाटा सेन्टर, इन्टरनेट, बैंकिङ सेवा, सीडीएस) पूर्ण रूपमा सञ्चालनमा छन्। यस्तो अवस्थामा बजार बन्द गर्नु उचित होइन। बजार घट्ने डरमा बजार नै बन्द गर्नु स्वार्थपूर्ण निर्णय हो।"

उनिहरूका अनुसार केही कम्पनी (विशेष गरी निर्जीवन बीमा र पुनर्बीमा कम्पनी) मा असर पर्न सक्ला, तर सूचिकृत अधिकांश कम्पनीहरूमा तत्काल कुनै असर देखिँदैन। ट्रेड टावरमा आगजनी भए पनि त्यो एउटा कम्पनीमा परेको असरलाई मात्रै हेरेर शेयर बजार बन्द गर्नुको कारण बन्न सक्दैन। बैंकहरुले लगानी गरेका सम्पत्तीमा पनि आगजनी भएको छ। यसले बैंकहरुको कर्जामा असर पुर्याए पनि ति सम्पत्तीको बीमा हुने भएकाले पुर्ण रुपमा असर पर्ने देखिदैन। 

शेयर बजार सबैका लागि हो, केवल केही संघ–संस्थाका लागि मात्र होइन। बजार खोल्दा केही दिन घट्न सक्छ, तर दीर्घकालीनरूपमा बजारले पुनः गति लिन्छ भन्ने विश्लेषकहरूको विश्वास छ। इतिहास हेर्दा पनि राजनीतिक अस्थिरता, भूकम्प वा महामारी जस्ता ठूला घटनापछि समेत बजार उकालो लागेको उदाहरण छन्।

एक विश्लेषक भन्छन्, "ईन्डेक्स घटबढ होला, तर बजारलाई स्वार्थमा रोक्ने प्रयासले नकारात्मक भावना जन्माउँछ र लगानी वातावरण झन् असहज बन्छ। यसले भविष्यमा झन ठूलो जोखिम निम्त्याउन सक्छ।"

अहिले बजार सुस्त रहेको र लगानीकर्ताको मनोबल कमजोर भएको समयमा उनीहरूले बजार बन्द गर्दा आफ्नो पोर्टफोलियोमा देखिने घाटा रोक्न सकिने बुझाइ राखेका छन्। तर यो दृष्टिकोणले दीर्घकालीन रूपमा बजारको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।

त्यसैले अहिलेको अवस्था हेर्दा बजार खुला गर्नु नै उचित देखिन्छ। जोखिम कम गर्न निगरानी बढाउनु पर्ने हो, बजार बन्द गर्नु होइन। बजार खोल्दा बजारले नयाँ अवसर पाउनेछ, नत्र स्वार्थी निर्णयले बजारको विश्वसनीयता गुम्न सक्छ। सामान्य भइसकेको अवस्थामा बजारलाई बन्द गरेर राख्नु न त आर्थिक दृष्टिले उचित हो, न त लगानीकर्ताको हितमा नै छ। बजार खुला गरेर यसको प्राकृतिक बहावमा चल्न दिनु नै दीर्घकालीन हितमा हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया