Nepal Life

बिहीबारदेखि शेयर कारोबार पुनः सुरु हुने

NMB Bank
  • BFIS News
  • 2025 Sep 17 08:02
बिहीबारदेखि शेयर कारोबार पुनः सुरु हुने
National Life

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबार (असोज २ गते) देखि शेयर कारोबार पुनः सुरु गर्ने भएको छ।

Shikhar
NIMB

जेन-जेड आन्दोलनका कारण रोकिएको शेयर कारोबार पुनः सुरु गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार नयाँ निर्देशन जारी गरेपछि नेप्सेले नियमित कारोबार खुल्ने जनाएको हो।

आन्दोलनका बेला सेबोनले सुरक्षा कारण देखाउँदै कारोबार स्थगित गर्न निर्देशन दिएको थियो। तर अवस्था सामान्य भइसके पनि निरन्तर रोकावट भएपछि लगानीकर्तामाझ आलोचना बढेको थियो।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सेबोनको ताजा निर्देशनअनुसार बिहीबारदेखि दोस्रो बजारमा सामान्य प्रक्रिया अनुसार कारोबार सञ्चालन हुने जानकारी दिएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया