Nepal Life

सत्ता परिवर्तनपछि पहिलो पटक खुल्दै शेयर बजार

NMB Bank
  • BFIS News
  • 2025 Sep 18 08:44
सत्ता परिवर्तनपछि पहिलो पटक खुल्दै शेयर बजार
National Life

काठमाडौं । सत्ता परिवर्तन र जेनजी आन्दोलनका कारण लामो समयदेखि बन्द रहेको शेयर बजार आज (असोज २ गते) पहिलो पटक खुल्दैछ।

Shikhar
NIMB

नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशनपछि नेप्सेले कारोबार सञ्चालन गर्न लागेको हो।

जेनजी आन्दोलन चर्किएसँगै भदौ २४ गतेदेखि शेयर कारोबार स्थगित गरिएको थियो। आन्दोलनकै कारण कर्फ्यूबीच असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय गरिएको थियो। तर आइतबारदेखि जनजीवन सामान्य बन्दै गएपछि कारोबार खुलाउन दबाब बढेको थियो। नेप्सेले असोज १ गतेबाट कारोबार खुलाउने तयारी गरेको भए पनि शहीद दिवसको सार्वजनिक बिदा भएपछि कारोबार असोज २ गतेबाट मात्र खुल्न लागेको हो।

बजार खुल्न लागेसँगै लगानीकर्तामाझ मिश्रित अपेक्षा रहेको छ। कतिपयले आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा भएको क्षतिको असरले बजार घट्न सक्ने अनुमान गरेका छन् भने कतिपयले सुशासन कायम हुने र नयाँ शक्ति उदाएको कारण बजारमा सकारात्मक प्रभाव पर्न सक्ने धारणा राखेका छन्।

शेयर विश्लेषक सुवासचन्द्र ढुंगनाले यो परिस्थिति भूकम्प, नाकाबन्दी वा कोभिडजस्ता प्राकृतिक वा बाह्य कारण नभई राजनीतिक परिवर्तनका कारण सिर्जना भएको भएकाले बजार धेरै घट्नु नपर्ने बताए। उनका अनुसार सुरुमा केही उतारचढाव भए पनि विस्तारै बजार स्थिर हुने अपेक्षा छ।

त्यस्तै, लगानीकर्ता तथा विश्लेषक रोहन कार्कीले युवाको आन्दोलनबाट बनेको नयाँ सरकार नागरिकप्रति जिम्मेवार हुने विश्वास व्यक्त गर्दै शेयर बजारमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पर्ने बताएका छन्।

यसरी, राजनीतिक परिवर्तन र आन्दोलनको असरबीच आजदेखि शेयर बजार पुनः सञ्चालनमा आउन लागेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया