Nepal Life

सागर डिष्टिलरीको आईपीओमा आवेदन अवधि असोज ५ सम्म बढ्यो

NMB Bank
  • BFIS News
  • 2025 Sep 18 08:51
सागर डिष्टिलरीको आईपीओमा आवेदन अवधि असोज ५ सम्म बढ्यो
National Life

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने अवधि थप गरेको छ।

Shikhar
NIMB

कम्पनीले भदौ ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो भने अब लगानीकर्ताले असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि छुट्याइएको आईपीओ बाँडफाँट भएपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतबराबर १४ करोड ५२ लाख रुपैयाँ बराबरका १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो।

त्यसमध्ये १ लाख ४५ हजार २०० कित्ता (१० प्रतिशत) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भइसकेको छ। त्यस्तै, ७२ हजार ६०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषमा र ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। प्रतिकित्ता मूल्य भने १०० रुपैयाँ तोकिएको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन बी प्लस’ इश्यूअर रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

सदर आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको आस्बा सेवा प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया