United Ajod

सागर डिस्टिलरी लिमिटेडको आईपीओ निष्कासन अवधि ५ असोज २०८२ सम्म बढाइयो

Everest Bank
  • BFIS News
  • 2025 Sep Thu 11:14
सागर डिस्टिलरी लिमिटेडको आईपीओ निष्कासन अवधि ५ असोज २०८२ सम्म बढाइयो

काठमाडौं, २ असोज — सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको ११,९०,६४० कित्ता आईपीओ सेयरको आवेदन अवधि आगामी ५ असोज २०८२ सम्मका लागि बढाइएको छ। कम्पनीले भदौ ३० गतेदेखि सार्वजनिक निष्कासन खोलेको थियो भने यसअघिको अन्तिम म्याद आज २ असोज २०८२ नै तोकिएको थियो। तर, आवश्यक मात्रामा आवेदन नपरेको (अन्डरसब्सक्रिप्सन) कारण कम्पनीले आवेदन अवधि थप गर्ने निर्णय गरेको हो।

आईपीओ विवरण:

सागर डिस्टिलरीको जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ। सोमध्ये २०% सेयर अर्थात् १४,५२,००० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो।

यस मध्ये, १०% सेयर (१,४५,२०० कित्ता) पहिले नै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई छुट्याइएको थियो।

बाँकी सेयर विवरण:

 ३% (४३,५६० कित्ता) कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।

 ५% (७२,६०० कित्ता) म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ।

 बाँकी ११,९०,६४० कित्ता सेयर भने सर्वसाधारणका लागि खुला गरिएको हो।

आवेदन विवरण:

 न्यूनतम १० कित्ता देखि अधिकतम १०,००० कित्ता सेयरसम्मको लागि आवेदन दिन सकिन्छ।

 आईपीओ निष्कासन व्यवस्थापकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

क्रेडिट रेटिङ:

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (Infomerics Nepal) ले कम्पनीलाई IRN B+ (Is) रेटिङ दिएको छ। यस किसिमको रेटिङ पाउने कम्पनीहरूलाई आर्थिक दायित्वहरू समयमा पूरा गर्न उच्च जोखिमयुक्त मानिन्छ।

कम्पनीको बारेमा:

सन् २०१४ मा स्थापना भएको सागर डिस्टिलरी लिमिटेड (SDL) ले २०२३ मे २१ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीले भोड्का, ह्विस्की, जिन जस्ता उच्च गुणस्तरीय मदिरा उत्पादन तथा बोटलिङ गर्दै आएको छ। वार्षिक ५० लाख लिटर उत्पादन क्षमता रहेको यस कम्पनीका प्रमुख उत्पादनहरूमा लालिपप (विभिन्न फ्लेभरहरू), रोयल ब्लु, ग्रे वुल्फ, बेरीज एण्ड ब्लुज, र नेप्से बुल्स पर्छन्।

कम्पनीका प्रमुख प्रवर्द्धकहरूमा: सन्दीप Jalan (१७.४८%), अशुतोष खेतान (१९.०८%), अल्का गोयल (१५.१०%) रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया