NIMB Header 2
Nepal Life

शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 09 10:39
शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन
Everest Bank

काठमाण्डौ, असोज २३ — शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले भदौ १९ गतेदेखि हकप्रद शेयर निष्काशन प्रक्रिया सुरु गरेको हो।

Shikhar
NIMB

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार, कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर बजारमा ल्याएको हो।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। यस आधारमा साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले हकप्रद निष्काशनका लागि गराइएको रेटिङ्गमा कम्पनीलाई "आईआरएन बी माइनस (IRN B-)" इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व बहन गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिटिजन्स क्यापिटलसँगै सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ प्रयोग गरी अनलाइनबाट समेत आवेदन दिन सकिन्छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन र बाँडफाँटपश्चात यो पूँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। हकप्रद शेयर बिक्रीबाट संकलित रकम कम्पनीले विभिन्न बैंकहरूबाट लिएको ऋण भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया