NIMB Header 2
Nepal Life

राष्ट्र बैंकको नीतिलाई शेयर बजारले गर्यो स्वागत, शेयरधितो कर्जाको सिमा हटाए सँगै लाग्यो पहिलो सर्किट

National Life
  • BFIS News
  • 2025 Oct 09 11:07
राष्ट्र बैंकको नीतिलाई शेयर बजारले गर्यो स्वागत, शेयरधितो कर्जाको सिमा हटाए सँगै लाग्यो पहिलो सर्किट
Sanima Reliance

काठमाडौं। शेयर बजारले नेपाल राष्ट्र बैंकको शेयर धितोकर्जाको सिमा हटाउने नीतिलाई स्वागत गरेको छ। राष्ट्र बैंकले आज मात्रै शेयर धितोकर्जाको सिमा हटाएको छ।

Shikhar
NIMB

गएका दिनमा शेयर बजार लगातार गिरावट हुँदा लगानीकर्ताका संघ संघठनले राष्ट्र बैंक सँग हिजो बजार मैत्री अख्तियार गर्न अनुरोध गरेका थिए। उनिहरुको आवाज सुनुवाइ गर्दै गभर्नरले यस्तो नीति लिएका हुन्। 

कारोबार सुरु भएको पहिलो २ मिनेटमै शेयर बजारमा ४ प्रतिशतको सुधार हुँदा पहिलो सर्किट लागेको छ। नेप्से सूचक १०२ अंकले सुधार हुँदै २६६२ अंक पुगेको छ। 

सर्किटको नियम

शेयर बजार सधै सरल रेखामा हिड्दैन । कहिले एकदमै उछाल आउछ भने केहि एकदमै तल झर्छ । बजार अनियन्त्रित नहोस् भनेर अनियन्त्रित बजारलाई नियन्त्रण गर्न सर्किट सम्बन्धी व्यवस्था गरिएको हुन्छ । यो अत्याधिक सकारात्मक (पोजेटिभ) र नकारात्मक (नेगेटिभ) दुवै किसिमको हुने गर्दछ ।

अन्तर्राष्ट्रिय अभ्यास र बजारको आवश्यकता अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २०७५ चैत १९ देखि सेयर बजारमा सर्किट सम्बन्धी नयाँ व्यवस्था लागू गरेको थियो । जस अनुसार एक कारोबार दिनमा ३ पटकसम्म सर्किट ब्रेक लगाइने व्यवस्था गरिएको छ ।

उक्त नियम अनुसार कारोबार दिनमा बजार खुलेको पहिलो १ घण्टाभित्र ( नप्सेमा ११ देखि १२ बजेसम्म) नेप्से परिसूचक ४ प्रतिशतले घट्यो वा बढ्यो भने भने सर्किट लगाई २० मिनेटका लागि कारोबार बन्द गरिन्छ । जसले मार्केटलाई कुलडाउन गराउनमा सहयाेग गर्छ ।

यसैगरी कारोबार शुरु भएकोे दोस्रो घण्टाभित्र (१२ देखि १ बजेसम्म) नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ । यस्तै दोस्रो सर्किटपछि पनि सूचक एकोहोरो घट/बढ हुने क्रम निरन्तर रह्यो भने सो दिनका लागि तेस्रो पटक सर्किट लगाई कारोबार पूर्ण बन्द गरिन्छ । अर्थात् बजार खुलेको तेस्रो घण्टाभित्र वा त्यसपछिको अवधिमा ( १ बजेदेखि ३ बजेसम्मको बीचमा) परिसूचक ६ प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट ब्रेक लगाइ सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।

कम्पनीको हकमा भने प्रत्येक कारोबारमा २ प्रतिशतका दरले अधिकतम १० प्रतिशत घट/बढ भएपछि सो कम्पनीको सेयर मूल्यमा सर्किट लाग्ने व्यवस्था छ । यस्तो अवस्थामा कारोबार नै बन्द त हुँदैन तर उक्त दिनमा १० प्रतिशतको घटबढ सम्ममा मात्र कारोबार गर्न पाइन्छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया