Nepal Life

मुक्तिनाथ कृषि कम्पनीको पहिलो लाभाश घोषणा, ८ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Oct 12 12:10
मुक्तिनाथ कृषि कम्पनीको पहिलो लाभाश घोषणा, ८ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
National Life

काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गरी त्यसपश्चात हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

Shikhar
NIMB

कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। सो बोनस वितरणपछि कम्पनीले कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा पनि गरेको छ।

कम्पनीले सो प्रस्तावहरुलाई पारित गर्नका लागि आउँदो कात्तिक २१ गते (शुक्रबार) दिउँसो साढे ११ बजे सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौंमा सातौँ वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने जनाएको छ। यस अनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

मुक्तिनाथ कृषि कम्पनी देशभर कृषि व्यवसायमा प्रविधिमुखी र दिगो विकासका कार्यक्रममार्फत क्रियाशील रहेको कम्पनी हो। हकप्रद शेयर निष्काशनपछि कम्पनीको पूँजी संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया