Nepal Life

श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिन आज अन्तिम दिन, १३ लाख १४ हजारको मात्रै आवेदन

NMB Bank
  • BFIS News
  • 2025 Oct 15 08:04
श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिन आज अन्तिम दिन, १३ लाख १४ हजारको मात्रै आवेदन
National Life

काठमाडौं, असोज २९ – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन आज (बुधवार, असोज २९) अन्तिम दिन रहेको छ। सिडिएससीका अनुसार पछिल्लो तथ्याङ्क अनुसार १३ लाख १४ हजारले आवेदन दिएका छन्। 

Shikhar
NIMB

कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई प्राथमिक चरणमा आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब सर्वसाधारण लगानीकर्ताका लागि दोस्रो चरणमा आईपीओ निष्काशन गरिएको हो।

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

जसअनुसार,

 पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता शेयर स्थानीय बासिन्दा,

 ३ लाख ९ हजार ९३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरु,

 १ लाख ५४ हजार ९६९ कित्ता सामूहिक लगानी कोषहरू,

 र १ लाख २३ हजार ९७५ कित्ता कर्मचारीहरूका लागि निष्काशन तथा बाँडफाँट गरिसकिएको छ।

अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गरिएको छ, जसको कुल रकम २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबर हुनेछ। यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

यस आईपीओको रेटिङ इक्रा नेपालले गरेको छ, जसमा कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गरिएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरूबाट आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया