NIMB Header 2
Nepal Life

हिँड काठमाडौं संघर्ष अभियान आगामी शुक्रबारका लागि सारियो

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 30 16:09
हिँड काठमाडौं संघर्ष अभियान आगामी शुक्रबारका लागि सारियो
National Life

काठमाडौं। लगानीकर्ता दिपेन्द्र अग्रवालले सञ्चालन गर्दै आएको “हिँड काठमाडौं संघर्ष अभियान” आगामी शुक्रबारका लागि सारिएको छ। मौसम प्रतिकूल भएकाले काठमाडौँ बाहिरबाट सहभागी हुन चाहने लगानीकर्ताहरूको सुरक्षालाई मध्यनजर गर्दै आन्दोलनको मिति परिवर्तन गरिएको अग्रवालले जानकारी दिएका छन्।

NIMB

उनका अनुसार अनिश्चितकालीन आन्दोलनलाई प्रभावकारी बनाउन र सबै क्षेत्रका लगानीकर्ताको सहभागिता सुनिश्चित गर्न अभियान आगामी हप्ता शुक्रबार सुरु गरिनेछ।

“हिँड काठमाडौं” संघर्ष अभियानले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष पूँजी बजार सुधार, विस्तार र स्तरोन्नतिको माग गर्दै २८ बुँदे मागपत्र सार्वजनिक गरेको छ। मागपत्रमा विगतका संघर्षका मर्मलाई आत्मसात गर्दै तत्काल कार्यान्वयन गर्नुपर्ने नीतिगत सुधारदेखि लगानीकर्ताको पहुँच, पारदर्शिता र निष्पक्ष बजार सञ्चालनका विषय समावेश गरिएको छ।

सेबोनसमक्ष प्रस्तुत मुख्य मागहरू

१. पूँजी बजार सुधारका थाती नीति कार्यान्वयनमा असमर्थ भए धितोपत्र बोर्डका अध्यक्षले राजीनामा दिनुपर्ने।

२. एनआरएनहरूलाई दोस्रो बजारमा स्वतन्त्र रूपमा लगानी प्रवेश–निर्गमनका साथै बराबरी करको व्यवस्था गर्नुपर्ने।

३. सेयर बिक्रीपछि भुक्तानीमा ढिलाइ भए ब्रोकरबाट ब्याज असुल गर्न सकिने कानुनी व्यवस्था गर्नुपर्ने।

४. बैंकलाई कुल कर्जाको २० प्रतिशतसम्म सेयर धितो कर्जा प्रवाह गर्न दिने।

५. ब्रोकर कमिशनमा ५० प्रतिशत कटौती र अन्य शुल्क पूर्ण रूपमा निःशुल्क बनाउनुपर्ने।

६. अल्पकालीन लगानीका लागि पूँजीगत लाभकर ५ प्रतिशत र दीर्घकालीनका लागि शून्य प्रतिशत कायम गर्नुपर्ने।

७. बजार समय साँझ ५ बजेदेखि ९ बजेसम्म पुर्‍याई विभिन्न सेवामा कार्यरत कर्मचारीको पहुँच सुनिश्चित गर्नुपर्ने।

८. बैंक तथा वित्तीय संस्थामाथिको सेयर विक्री प्रतिबन्ध हटाउनुपर्ने।

९. कर्जा लिएका कम्पनीका प्रमोटर सेयरलाई पब्लिक सेयरमा रूपान्तरण गर्न रोक लगाउनुपर्ने।

१०. नेप्से ३० इण्डेक्समा आधारित नयाँ लगानी उपकरण प्रवर्द्धन गर्नुपर्ने।

११. बुक भ्यालु १०० भन्दा कम भएका कम्पनीको आइपीओ निष्कासन बन्द गरी सबै आइपीओ रु. १०० अंकित दरमै जारी गर्नुपर्ने।

१२. ब्रोकरमार्फत प्रवाह हुने शेयर मार्जिन कर्जा तत्काल सञ्चालनमा ल्याउनुपर्ने।

१३. इन्ट्रा डे ट्रेडिङ्ग, सर्ट सेलिङ्ग, स्टक स्प्लिट र डेरिभेटिभ मार्केट तत्काल लागू गर्नुपर्ने।

१४. सेयर खरिद–बिक्रीमा रियल टाइम सेटलमेन्टको व्यवस्था ल्याउनुपर्ने।

१५. हरेक तीन वर्षमा नयाँ ब्रोकर लाइसेन्स थप गरी लगानीकर्ताको पहुँच बढाउनुपर्ने।

१६. सेबोन र नेप्सेको सञ्चालक समितिमा लगानीकर्ताको प्रतिनिधि अनिवार्य रूपमा समावेश गर्नुपर्ने।

१७. आइपीओ स्वीकृतिमा हुने अनियमितता अन्त्य गरी “फर्स्ट कम फर्स्ट सर्भ” सिद्धान्त लागू गर्नुपर्ने।

१८. बजार मूल्य कम्पनीको नेटवर्थभन्दा कम भएमा सो कम्पनीले आफ्नै सेयर बाइब्याक गर्न पाउने प्रावधान ल्याउनुपर्ने।

१९. अनलाइन केवाइसी प्रणाली तत्काल लागू गर्नुपर्ने।

२०. प्रादेशिक तथा स्थानीय विदाका कारण सेयर बजार बन्द गर्न नपाइने।

२१. एउटै कम्पनीका लागि एउटै मात्र आइएसआइएन कोड रहने व्यवस्था गर्नुपर्ने।

२२. फ्लोटेड इण्डेक्सको सुरुवात गरी अभ्यासमा ल्याउनुपर्ने।

२३. FII र FPI का लागि कार्यविधि तयार गरी मन्त्रिपरिषद् स्वीकृतिपछि लागू गर्नुपर्ने।

२४. बजारमा वृद्धि हुँदा १० प्रतिशत र घट्दा ५ प्रतिशत सर्किट ब्रेकर लागू गर्नुपर्ने।

२५. उपयुक्त मापदण्ड बनाएर अनलाइन अक्सन प्रणाली कार्यान्वयन गर्नुपर्ने।

२६. म्युचुअल फण्डलाई दिइएको ५ प्रतिशत आइपीओ आरक्षण खारेज गरी विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने।

२७. बैंक तथा वित्तीय संस्थाको डिभिडेन्ड र राइट सेयर प्रस्तावमा कुनै प्रतिबन्ध नलगाउनुपर्ने।

२८. आइएसआइएन कोडको दुरुपयोग र वाइको घोटालामा निष्पक्ष छानबिन गर्नुपर्ने।

लगानीकर्ता अग्रवालका अनुसार, यी मागहरू पूँजी बजार सुदृढीकरण र पारदर्शिताको दिशामा ठोस कदम हुन्। उनले भने, “यो आन्दोलन कुनै व्यक्तिको लागि होइन, समग्र लगानीकर्ताको हितका लागि हो। जबसम्म सेबोन र नीति निर्माताहरूले हाम्रो माग सुन्दैनन्, हाम्रो संघर्ष जारी रहनेछ।”

नेपालको सेयर बजार पछिल्लो समय स्थिरता र लगानी विश्वासको कमीका कारण प्रभावित बन्दै गएको अवस्थामा “हिँड काठमाडौं संघर्ष अभियान” पूँजी बजार सुधारको दबाब स्वरूप अघि बढाइएको हो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया