NIMB Header 2
Nepal Life

एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

National Life
  • BFIS News
  • 2025 Nov 05 11:04
एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
Sanima Reliance

काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल नेपाल लिमिटेडले आज (कात्तिक १९ गते)देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओको बाँडफाँट सम्पन्न गरी अब सर्वसाधारण लगानीकर्ताका लागि दोस्रो चरणमा आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी रु १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० को ४० प्रतिशत अर्थात् रु ५२ करोड ३२ लाख ५४ हजार ८०० बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ।

पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ लाख ६१ हजार ६२९ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। साथै, कम्पनीले आफ्ना कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित राखेको छ।

अब कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता साधारण शेयर प्रतिकित्ता रु १०० अंकित मूल्यमा निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य रु ४० करोड ७६ लाख १५ हजार ६०० बराबर हुनेछ।

न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा कात्तिक २३ गते र ढिलोमा मंसिर ३ गतेसम्म तोकिएको छ।

आईपीओ निष्काशनको लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी (ICRANP IR BB) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया