Nepal Life

राष्ट्र बैंकमा डेपुटी गभर्नरको दौड: वार्षिक ६४ लाखभन्दा बढी सुविधा पाउने पद कसले पाउला?

NMB Bank
  • BFIS News
  • 2026 Mar 18 21:48
राष्ट्र बैंकमा डेपुटी गभर्नरको दौड: वार्षिक ६४ लाखभन्दा बढी सुविधा पाउने पद कसले पाउला?
National Life

काठमाडौं। नेपाल राष्ट्र बैंक का गभर्नरभन्दा समेत धेरै तलब–सुविधा बुझ्ने डेपुटी गभर्नरको पद हाल रिक्त रहेको छ। डेपुटी गभर्नर डा. निलम ढुङ्गाना र बम बहादुर मिश्र को अवकाशसँगै खाली भएको उक्त पदमा नियुक्तिका लागि बहालवाला तथा पूर्व कार्यकारी निर्देशकहरूबीच अहिले तीव्र प्रतिस्पर्धा सुरु भएको छ।

Shikhar
NIMB

विगतका वर्षहरूमा यो पद प्रायः नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यक्तिहरूलाई दिइने अभ्यास रहेको थियो। तर यस वर्ष भने ती राजनीतिक खेमाभन्दा बाहिरका व्यक्तिले अवसर पाउने चर्चा सुरु भएको छ। सम्भावित अर्थमन्त्रीका रूपमा फ्रन्टलाइनमा रहेका डा. स्वार्णिम वाग्ले ले रुचाएका व्यक्तिले यो पद पाउने सम्भावना उच्च रहेको स्रोतहरू बताउँछन्।

गभर्नरभन्दा बढी सुविधा

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्ला दुई आर्थिक वर्षका लेखापरीक्षण प्रतिवेदन अनुसार डेपुटी गभर्नरले गभर्नरभन्दा बढी कुल सुविधा पाउने देखिएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा अवकाश प्राप्त गभर्नर महाप्रसाद अधिकारी ले ११ लाख ८८ हजार ९०३ रुपैयाँ तलब, सञ्चालक समितिको बैठक भत्ता बापत २ लाख ८८ हजार रुपैयाँ र अन्य सेवा–सुविधा बापत ४१ लाख १० हजार ४०३ रुपैयाँ बुझेका थिए। उनीपछि नियुक्त भएका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल ले २०८२ असारसम्म २ लाख ५० हजार रुपैयाँ तलब, १ लाख १७ हजार रुपैयाँ बैठक भत्ता र ३ लाख १६ हजार ५३८ रुपैयाँ अन्य भत्ता तथा सुविधा पाएका थिए।

तर गभर्नरभन्दा तल्लो ओहदाका डेपुटी गभर्नरहरूले वार्षिक १४ लाख ६० हजार ४०० रुपैयाँ तलब पाएका थिए। उनीहरूले बैठक भत्ता बापत ३ लाख ६९ हजार रुपैयाँ तथा अन्य भत्ता र सुविधाबापत क्रमशः ४६ लाख ८ हजार र ४३ लाख ४७ हजार रुपैयाँ बुझेका थिए।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा पनि समान अवस्था देखिएको थियो। उक्त वर्ष गभर्नर अधिकारीले १७ लाख ३२ हजार रुपैयाँ तलब, ३ लाख ३३ हजार रुपैयाँ बैठक भत्ता र ४४ लाख ९७ हजार रुपैयाँ अन्य भत्ता तथा सुविधा पाएका थिए। उता डेपुटी गभर्नरद्वयले १४ लाख ६० हजार रुपैयाँ तलब, २ लाख ९७ हजार र ३ लाख १५ हजार रुपैयाँ बैठक भत्ता तथा ४५ लाख ५८ हजार र ४० लाख ७० हजार रुपैयाँ अन्य सेवा–सुविधा बुझेका थिए।

यस आधारमा आगामी डेपुटी गभर्नरले पनि वार्षिक झन्डै ६४ लाख रुपैयाँभन्दा बढी तलब, भत्ता र सुविधा प्राप्त गर्ने अनुमान गरिएको छ।

नियुक्ति कसको हातमा?

यदि सरकारले वरियताका आधारमा नियुक्ति गर्ने हो भने कार्यकारी निर्देशकहरू नरेश शाक्य र रेवती प्रसाद नेपाल अगाडि देखिन्छन्। तर सरकारले १८ जना कार्यकारी निर्देशकहरूमध्येबाट छनोट गर्न सक्ने व्यवस्था छ।

विगतका नजिर हेर्दा सरकारले चाहेमा निर्देशकहरूबाटै डेपुटी गभर्नर नियुक्त गर्ने उदाहरण पनि रहेका छन्। त्यसैले वाग्ले अहिले आफू तथा राष्ट्रिय स्वतन्त्र पार्टी निकट व्यक्तिलाई चयन गराउने प्रयासमा रहेको चर्चा छ।

भावी अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध

राजनीति र सार्वजनिक जीवनमा प्रवेश गर्नुअघि वाग्ले र गभर्नर पौडेलबीच घनिष्ठ सम्बन्ध रहेको बताइन्छ। वाग्ले राष्ट्रिय योजना आयोग का उपाध्यक्ष हुँदा उनले पौडेललाई आफ्नो सल्लाहकारका रूपमा ल्याएका थिए। साथै नेपाली कांग्रेस भित्र पौडेलको पहुँच विस्तार गर्न पनि वाग्लेले भूमिका खेलेको चर्चा हुने गरेको छ।

तर समयसँगै राजनीतिक अवसरका कारण उनीहरूबीच प्रतिस्पर्धा बढ्दै गयो। २०७९ को प्रतिनिधिसभा निर्वाचन का लागि कांग्रेसबाट उम्मेदवारी तय गर्दा पौडेलले टिकट पाउँदा वाग्ले पछि परे। त्यसपछि वाग्ले कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरे र सोही पार्टीबाट चुनाव जिते। उता पौडेल भने निर्वाचनमा पराजित भएका थिए।

यसरी एक समयका नजिकका सहकर्मी अहिले फरक राजनीतिक ध्रुवमा पुगेका छन्। यद्यपि वर्तमान सन्दर्भमा शक्तिशाली सरकारका सम्भावित अर्थमन्त्री वाग्लेसँग गभर्नर पौडेलले कस्तो सम्बन्ध कायम राख्नेछन् भन्ने प्रश्न उठेको छ। अब उनले "वाग्लेको सुझावअनुसार निर्णय गर्ने कि स्वतन्त्र रूपमा अघि बढ्ने" यो भने हेर्न बाँकी रहेको छ।

Directors:

1. Mr. Hem Prasad Neupane Economic Research Department
2. Mr. Mukti Nath Sapkota Internal Audit Department
3. Mr. Govinda Prasad Nagila Banks and Financial Institutions Regulation Department
4. Mrs. Meena Pandey Bank Supervision Department
5. Mr. Shubhash Chandra Ghimire Bank Supervision Department
6. Mrs. Shrijana Bastola Human Resource Management Department
7. Mr. Buddha Raj Sharma Human Resource Management Department
8. Mr. Sudip Phuyal Currency Management Department
9. Mrs. Niva Shrestha Financial Institutions Supervision Department
10. Mr. Dila Ram Subedi Nepal Rastra Bank, Janakpur Office
11. Mr. Keshab Bahadur K.C. Nepal Rastra Bank, Dhangadhi Office
12. Mr. Shailendra Regmi Nepal Rastra Bank, Biratnagar Office
13. Mr. Birendra Datta Awasthi Foreign Exchange Management Department
14. Mr. Devendra Gautam Assets and Service Management Department
15. Mr. Ishwari Prasad Bhattarai Bank Supervision Department
16. Mr. Rajan Dev Bhattarai Financial Management Department
17. Mr. Laxmi Prasad Prasai Monetary Management Department
18. Mr. Ramesh Acharya Nepal Rastra Bank, Siddharthanagar Office
19. Dr. Rajan Krishna Panta Economic Research Department
20. Mr. Durgesh Gopal Shrestha Corporate Planning and Risk Management Department
21. Mrs. Indra Chamlagai (Mainali) Banks and Financial Institutions Regulation Department
22. Mrs. Ranjana Poudel Financial Institutions Supervision Department
23. Ms. Neera Talchabhadel Legal Division
24. Mr. Bigyan Raj Subedi Micro-Finance Institutions Supervision Department
25. Mr. Narayan Prasad Pokhrel Nepal Rastra Bank, Nepalgunj Office
26. Mr. Madhav Dangal Economic Research Department
27. Mr. Satyendra Raj Subedi Statistics Division
28. Mrs. Arya Joshi Money Laundering Prevention Supervision Division
29. Mr. Bashu Dev Bhattarai Financial Intelligence Unit
30. Mr. Ashok Ghimire Non Bank Financial Institutions Supervision Department
31. Mr. Binod Raj Lekhak Banking Department
32. Mr. Sharan Kumar Adhikar Office Of The Governor
33. Mr. Girija Prasad Koirala Foreign Exchange Management Department
34. Er. Saurabh Dass Manandhar Information Technology Department
35. Er. Krishna Ram Dhunju Payment Systems Department
36. Er. Tarun Kumar Jha Information Technology Department
37. Mr. Ajit Regmi Microfinance Institutions Supervision Department
38. Er. Sahdev Chand Information Technology Department
39. Dr. Tej Narayan Thakur Information Technology Department
40. Mrs. Bina Dhakal Paudel Assets and Service Management Department
41. Mr. Subash Acharya Payment Systems Department
42. Dr. Hari Kumar Nepal Human Resource Management Department
43. Mr. Sushil Poudel Nepal Rastra Bank, Birgunj Office
44. Mr. Keshab Prasad Timilsina Nepal Rastra Bank, Pokhara Office
45. Mr. Rishiram Baral Banking Department

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया