निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने व्यवस्था
- BFIS News
- 2026 May 30 16:05
काठमाडौं । सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउने भएको छ। यसका लागि प्रसारण लाइन निर्माण गर्ने तथा ह्विलिङ शुल्क लिएर विद्युत व्यापार गर्न सक्ने कानुनी व्यवस्था समेत गरिने भएको छ।
सरकारले जलविद्युत आयोजनाको अनुमति अवधि समाप्त भएपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार तथा रुख कटानबापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउने जनाएको छ।
त्यस्तै, ठूला तथा जलाशययुक्त जलविद्युत आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ। प्रवर्द्धकले शतप्रतिशत रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्षमै ४० प्रतिशतसम्म सेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति अवलम्बन गरिने सरकारको योजना छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया