NIMB Header 2
Nepal Life

म्युचुअल फण्ड सहित ३६ कम्पनीको लाभांश घोषणा, हेर्नुहोस् कुन कम्पनीको कति ?

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 08 07:30
म्युचुअल फण्ड सहित ३६ कम्पनीको लाभांश घोषणा, हेर्नुहोस् कुन कम्पनीको कति ?
United Ajod

काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालसम्म म्युचुअल फण्डसहित ३६ वटा कम्पनी तथा योजनाले लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गर्नेमा बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनी र विभिन्न म्युचुअल फण्ड रहेका छन्।

Nepal Life
NIMB

घोषित लाभांशमध्ये गरिमा विकास बैंकले सबैभन्दा धेरै कुल २० प्रतिशत लाभांश दिने भएको छ। बैंकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

त्यसैगरी काबेली हाइड्रोपावर कम्पनीले १६.३२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कुल लाभांशका आधारमा नबिल बैंक तेस्रो स्थानमा रहेको छ। बैंकले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद गरी कुल १५.८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै हिमालयन ८०–२०ले १५ प्रतिशत, एभरेस्ट बैंकले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत तथा कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।

म्युचुअल फण्डतर्फ ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड–१, प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डले समान १२ प्रतिशत लाभांश घोषणा गरेका छन्। त्यस्तै सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३, एनएमबी सरल इन्भेस्टमेन्ट फण्ड–२, कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले १० प्रतिशत लाभांश प्रस्ताव गरेका छन्।

हालसम्म घोषणा भएको लाभांशमध्ये केही योजनाले ५ प्रतिशतभन्दा कम लाभांश प्रस्ताव गरेका छन्। कुमारी सुनौलो लगानी योजनाले ४.७० प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्ड र एनएमबी हाइब्रिड फण्ड एल–२ले ४.५० प्रतिशत तथा नबिल ब्यालेन्स्ड फण्ड–२ले ३.५० प्रतिशत लाभांश घोषणा गरेका छन्।

त्यस्तै एनएमबी ५०ले ३.१५ प्रतिशत, सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमले ३ प्रतिशत, कुमारी सबल योजनाले २.९० प्रतिशत, नबिल ब्यालेन्स्ड फण्ड–३ले २.५० प्रतिशत र मुक्तिनाथ म्युचुअल फण्ड–१ले २.२० प्रतिशत लाभांश घोषणा गरेका छन्।

म्युचुअल फण्ड व्यवस्थापन गर्ने मर्चेन्ट बैंकहरुले पनि आकर्षक लाभांश घोषणा गरेका छन्। एनआइसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै माछापुच्छ्रे क्यापिटलले ७ प्रतिशत र मुक्तिनाथ क्यापिटलले ५ प्रतिशत लाभांश दिने भएका छन्। यस मध्ये कामना सेवा विकास बैंकको बुक क्लोज भइसकेको छ। गरिमा, नबिल, ग्लोबल आइएमई, एभरेष्ट बैंकको लाभांश अझै पनि शेयर खरिद गर्नेले पाउने छन्। केहि म्युचुअल फण्डको बुक क्लोज भइसकेको छ। 

हालसम्म घोषित लाभांश

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया