आईएमई लिमिटेडले डाक्यो वार्षिक साधारणसभा, २० प्रतिशत नगद लाभांश पारित गर्ने
- BFIS News
- 2026 Sep 08 13:34
काठमाडौं। आईएमई लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारण सभा असोज १४ गते बुधबार आयोजना गर्ने भएको छ। कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो।
कम्पनीका अनुसार साधारण सभा असोज १४ गते अपराह्न ४ बजे कम्पनीको रजिष्टर्ड कार्यालय आईएमई कम्प्लेक्स, पानीपोखरी, काठमाडौंमा हुनेछ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
यसैगरी, कम्पनीको सहायक कम्पनी आईएमई खल्ती लिमिटेडसहितको आर्थिक वर्ष २०८२/८३ को समेकित (कन्सोलिडेटेड) वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव रहेको छ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ।
त्यस्तै, कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने जनाएको छ। कम्पनीले साधारण सभामा उपस्थित भई प्रस्तावित विषयमा छलफल तथा निर्णय गर्न सम्पूर्ण शेयरधनीलाई आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया