Nepal Life

सूचीकृत जलविद्युत् कम्पनीका अनुपालन अधिकृतहरूका लागि तालिम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Jul 10 11:20
सूचीकृत जलविद्युत् कम्पनीका अनुपालन अधिकृतहरूका लागि तालिम सम्पन्न
National Life

काठमाडौं। सूचीकृत संस्थागत निकायहरूले अनिवार्य रूपमा बुझाउनुपर्ने जानकारी, प्रतिवेदन तथा खुलासासम्बन्धी विषयमा लक्षित गर्दै आयोजित विशेष तालिम कार्यक्रम मंगलवार सम्पन्न भएको छ। नेपाल धितोपत्र बोर्ड (SEBON) द्वारा आयोजित उक्त तालिम विशेषतः सूचीकृत जलविद्युत् कम्पनीका अनुपालन अधिकृतहरूका लागि सञ्चालन गरिएको थियो।

Shikhar
NIMB

कार्यक्रमको उद्घाटन नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा नीतिगत अनुसन्धान तथा तालिम विभागका प्रमुख डा. नवराज अधिकारीले गरे। उद्घाटन मन्तव्यमा डा. अधिकारीले तालिमको उद्देश्य र विषयवस्तुमा प्रकाश पारे।

सो अवसरमा पर्यवेक्षण विभागका प्रमुख तथा कार्यवाहक कार्यकारी निर्देशक रूपेश के.सी.ले कार्यक्रमको अध्यक्षता गर्नुका साथै सहभागीहरूलाई स्वागत गर्दै उद्घाटन सत्रको समापन गरे।

तालिमको क्रममा बोर्डका निर्देशक हरि प्रसाद भुसालले ‘अनुपालनसम्बन्धी प्रचलित कानुनी प्रावधान’ विषयमा प्रस्तुति दिएका थिए। यस्तै, निर्देशक अम्बिका ओझा गुप्ताले ‘अनुपालन अवस्थासम्बन्धी अभ्यास र चुनौतीहरू’ विषयमा जानकारी दिए। तालिमपछि सहभागीहरूसँग छलफल तथा अन्तरक्रिया सत्र पनि आयोजना गरिएको थियो।

कार्यक्रमको समापन मन्तव्य बोर्डका उपकार्यकारी निर्देशक दिपेश ताम्राकारले दिएका थिए। तालिम कार्यक्रमको सञ्चालन सहायक निर्देशक पूजा खनालले गरेका थिए। उक्त तालिममा सूचीकृत जलविद्युत् कम्पनीका ७८ जना अनुपालन अधिकृतहरूको सक्रिय सहभागिता रहेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया