NIMB Header 2
Nepal Life

हिम स्टार उर्जाको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, १७ लाख ९२ हजारले दिए आवेदन

Muktinath Bank
  • BFIS News
  • 2025 Jul 11 11:03
हिम स्टार उर्जाको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, १७ लाख ९२ हजारले दिए आवेदन
National Life

काठमाडौं। हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार २७ गते) अन्तिम दिन रहेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

NIMB

कम्पनीले कुल ३७ करोड ३० लाख रुपैयाँको जारी पूँजीमध्ये ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। यसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ।

अब कम्पनीले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता तथा सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता छुट्याएर बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। आज विहान १० बजेसम्ममा कम्पनीको आइपिओमा १७ लाख ९२ हजारले आवेदन दिएका छन्। उक्त लगानीकर्ताले २ अर्ब १० करोडको आवेदन परेको छ। 

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताबाट अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओमा छिटोमा आजै असार २७ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा साउन ६ गतेसम्म खुला रहनेछ।

आईपीओ निष्काशनको लागि कम्पनीले प्राप्त गरेको रेटिङ्गमा इक्रा नेपालले "इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस" प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ।

हिम स्टार उर्जा कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना निर्माण लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ रहेको छ। आयोजना सञ्चालनका लागि विद्युत अनुमतिपत्रको अवधि अझै २७.७ वर्ष बाँकी रहेको छ। कम्पनीले उल्लेख गरेअनुसार सो आयोजना लगानी फिर्ता हुने साधारण अवधि ७.१४ वर्ष र छुटमा फिर्ता हुने अवधि ११.७५ वर्ष रहेको छ।

यस आईपीओको बिक्री तथा निष्काशन प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया