NIMB Header 2
Nepal Life

स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन, चार दिन मात्रै बिक्री खुला हुने

National Life
  • BFIS News
  • 2025 Jul 11 11:12
स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन, चार दिन मात्रै बिक्री खुला हुने
Sanima Reliance

काठमाडौँ, असार २७ गते। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार २७ गते) बाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

Shikhar
NIMB

लघुवित्तले जारी पूँजीको ४० प्रतिशतबराबरको कुल २ लाख ३१ हजार कित्ता सेयर, अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये १,१५५ कित्ता सेयर कर्मचारीका लागि र ११,५५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

२३ हजार १०० कित्ता सेयर भने नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।

प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदनका लागि न्यूनतम १० कित्ता र अधिकतम ५,००० कित्तासम्म सेयरका लागि आवेदन दिन सकिनेछ।

स्वस्तिक लघुवित्तलाई इक्रा नेपालले दिएको रेटिङ अनुसार "इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट" प्रदान गरिएको छ, जसले यस लघुवित्तले समयमै वित्तीय दायित्व पूरा गर्नसक्ने क्षमता भए तापनि जोखिम उच्च रहेको संकेत गर्दछ।

यस आईपीओ निष्काशनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया