NIMB Header 2
Nepal Life

मौद्रिक नीति पछि संयमित लगानीकर्ता, पोर्टफेलियो परिवर्तन गर्दा लघुवित्त र बाणिज्य बैंकमा देखियो उत्साह

National Life
  • BFIS News
  • 2025 Jul 13 15:28
मौद्रिक नीति पछि संयमित लगानीकर्ता, पोर्टफेलियो परिवर्तन गर्दा लघुवित्त र बाणिज्य बैंकमा देखियो उत्साह
Sanima Reliance

काठमाडौं। मौद्रिक नीति सार्वजनिक पछि लगानीकर्ता थप संयमित देखिएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले धेरै व्यवस्थालाई खुला गरिदिएको छ। यसले गर्दा बजारमा केहि उत्साह देखिए पनि तत्काल प्रतिफल पाउनका लागि भने लगानीकर्ताले अझै केहि समय कुर्नु पर्ने निश्चित छ। यद्यपी शेयर बजारले जहिले पनि भविष्यलाई हेरेर अगाडी बढिरहेको हुन्छ। 

Shikhar
NIMB

आइतबार कारोबार खुला भएको केहि समयमै ह्वात्तै बढे पनि बजार संयमित बन्न पुग्यो। कारोबार खुलेको २ मिनेटमा २७९७ अंकसम्म पुगेको शेयर बजार अन्तिम समयमा ३१.०८ अंकले बढेर २७६२.८८ अंकमा रोकिएको छ। आज सबैभन्दा धेरै सुधार बाणिज्य बैंकको सूचकमा ३.३७ प्रतिशत र माइक्रोफाइनान्सको सूचक ३.५० प्रतिशतले बृद्धि भएको छ। 

कारोबार रकम भने ११ अर्ब ४१ करोड रुपैयाँको भएको छ। कारोबार रकममा विगतका दिनमा भन्दा केहि बढोत्तरी भए पनि बजारमा नयाँ र ठुला लगानीकर्ताको कारोबार भने देखिएन। ठुला लगानीकर्ताले बाणिज्य बैंकको मूल्य सुधार पछि मात्रै कारोबार गर्न खोजेको देखिन्छ। विगतका समयमा सुधार भएका जलविद्युत, होटल लगायतका क्षेत्रमा भने गिरावट आएको छ। यसले पनि के पुष्ठी गर्छ भने हिजोका दिनमा सुधार भएका पोर्टफेलियोमा नाफा बुक गरेर लगानीकर्ता लघुवित्त र बाणिज्य बैंकमा फर्किएका छन्। 

अवको केहि समय बैंक वित्तीय संस्थाले नै बजारको लिड गर्ने देखिएको छ। यसका लागि लगानीकर्ताले कत्तीको होल्ड गरेर बस्न सक्छन् भन्ने कुरामा भर पर्छ। यदि होल्ड गर्ने शाहक राखेनन् भने बजारले सुधारको लयलाई पक्रिने भन्दा पनि २५ सयदेखि २७ सयकै विचमा घुमेर बस्ने निश्चित छ। 

आज १५८ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा एनआइसी एशिया बैंकको शेयर मूल्यमा सर्किट लागेको छ। खानी खोला हाइड्रोपावर र जीवन बिकास लघुवित्तको शेयरमा पनि सर्किट लेभलको सुधार भएको छ। लगानीकर्ता निकट संघ संस्थाले आजको बजारमा आक्रामक सुधार हुने भन्दै विश्लेषण गरिरहेका थिए। तर उनिहरुले भनेजस्तो सर्किट नलागे पनि बजारमा प्राकृतिक सुधार भने हुने देखिएको छ। बजारमा आक्रामक सुधारले छिट्टै गिरावट ल्याउछ तर यस्तो सुधारले दीर्घकालमा भने राम्रै नतिजा दिने निश्चित छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया