NIMB Header 2
Nepal Life

हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने, प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख कित्ता शेयर जारी

National Life
  • BFIS News
  • 2025 Jul 16 09:14
हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने, प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख कित्ता शेयर जारी
Sanima Reliance

काठमाडौँ, १६ जुलाई २०२५ – हिमालयन बैंक लिमिटेडले आजदेखि (असार ३२ गते) थप सर्वाजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम, बैंकले आफ्नो कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले यस एफपीओको प्रक्रिया सुरु गरिएको हो।

Shikhar
NIMB

हालको अवस्थामा, बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। यसमा ७२.९९ प्रतिशत संस्थापक समूहको हिस्सामा रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको कब्जामा रहेको छ। अब, सर्वसाधारणको हिस्सालाई ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गर्दैछ। यसमा, प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ भने ५७ रुपैयाँको प्रिमियम थपेर १५७ रुपैयाँको मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता शेयर बिक्री हुनेछन्।

एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। यसका लागि आवेदन दिने समय अवधि साउन ४ गतेसम्म रहने छ। यदि सो अवधिसम्म पर्याप्त आवेदन प्राप्त नभएमा, आवेदन अवधि असार १४ गतेसम्म लम्बिने छ।

एफपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई 'केयर एनपी ट्रिपल बी' इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

एफपीओ निष्काशन र बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक र वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू मार्फत 'मेरो शेयर' सफ्टवेयरको प्रयोग गरेर सि-आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्। एफपीओ निष्काशन पछि, बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्ने छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया