Nepal Life

झापा इनर्जी लिमिटेडलाई आईपीओ निष्काशन गर्न बोर्डको स्वीकृति

NMB Bank
  • BFIS News
  • 2025 Jul 16 15:29
झापा इनर्जी लिमिटेडलाई आईपीओ निष्काशन गर्न बोर्डको स्वीकृति
National Life

काठमाडौँ, असार ३२ – नेपाल धितोपत्र बोर्डले झापा इनर्जी लिमिटेडलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउन स्वीकृति दिएको छ। बोर्डले कम्पनीलाई असार ३१ गते स्वीकृति दिएको हो।

Shikhar
NIMB

झापा इनर्जीले आफ्नो जारी पूँजीको २५ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ९ लाख ५० हजार ४७५ कित्ता शेयर जारी गर्नेछ। सो शेयरको कुल मूल्य ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबर हुनेछ।

आईपीओ अन्तर्गत कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारण लगानीकर्ताहरूलाई शेयर निष्काशन गर्नेछ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले पाएको छ।

झापा इनर्जी लिमिटेड जलविद्युत् परियोजना विकासमा संलग्न कम्पनी हो। आईपीओ निष्काशनपछि कम्पनीले सर्वसाधारण लगानीकर्तालाई आफ्नो स्वामित्वमा सहभागी गराउँदै पूँजी संकलन गर्ने तयारी गरेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया