NIMB Header 2
Nepal Life

हिम स्टार उर्जा कम्पनीको आईपीओ बाँडफाँट: २० लाख आवेदक मध्ये ७७ हजारलाई मात्रै सेयर

National Life
  • BFIS News
  • 2025 Jul 16 15:43
हिम स्टार उर्जा कम्पनीको आईपीओ बाँडफाँट: २० लाख आवेदक मध्ये ७७ हजारलाई मात्रै सेयर
Sanima Reliance

काठमाडौं, असार ३२ – हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) आज असार ३२ गते बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार सेयर बाँडफाँट गोला प्रणाली (लक्की ड्र) बाट सम्पन्न गरिएको हो।

Shikhar
NIMB

कम्पनीले उक्त आईपीओ असार २४ गतेदेखि २७ गतेसम्म निष्कासन गरेको थियो। आईपीओप्रति उच्च चासो देखिएको यो निष्कासनमा मागभन्दा झण्डै ३० गुणा बढी आवेदन परेको हो। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिनसम्म १९ लाख ९७ हजार २४२ जना लगानीकर्ताबाट कुल २ करोड ३३ लाख ४७ हजार ३३० कित्ता सेयरको लागि आवेदन परेको थियो।

तर, कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको जम्मा ७ लाख ७३ हजार ९७५ कित्ता सेयरमध्ये गोलाप्रथामार्फत ७७ हजार ३९७ जना आवेदकले मात्र सेयर प्राप्त गरेका छन्।

प्रत्येक सफल आवेदकलाई पहिलो चरणमा १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ। बाँकी रहेको ५ कित्ता सेयर भने थप १–१ कित्ता गरी पुनः गोला प्रणालीमार्फत बाँडफाँट गरिएको हो।
लगानीकर्ताले आफ्नो नतिजा बिक्री प्रबन्धक कम्पनीको वेबसाइट, सिडिएससीको वेबसाइट र मेरो सेयरमार्फत हेर्न सक्नेछन।

नतिजाको लागि यहाँ क्लिक गर्नुहोस्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया