Nepal Life

ऐतिहासिक रेकर्ड: आर्थिक वर्ष २०८१/८२ मा धितोपत्र बजारमा उल्लेखनीय वृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Jul 17 16:54
ऐतिहासिक रेकर्ड: आर्थिक वर्ष २०८१/८२ मा धितोपत्र बजारमा उल्लेखनीय वृद्धि
National Life

काठमाडौं, साउन १ — आर्थिक वर्ष २०८१/८२ मा नेपाल धितोपत्र बोर्डको मातहतमा सञ्चालन भइरहेको दोस्रो बजारको कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको छ। बजारका अन्य परिसूचकहरूमा पनि सो वर्ष उल्लेखनीय सुधार देखिएको छ।

Shikhar
NIMB

नेप्सेको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८०/८१ मा कुल रु. ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्र कारोबार भएको थियो। तर, आर्थिक वर्ष २०८१/८२ मा उक्त रकम झण्डै तीनगुना बढ्दै रु. २१ खर्ब २४ अर्ब ९१ करोड पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १८९.२३ प्रतिशतले बढी हो। यसअघि सर्बाधिक कारोबार आर्थिक वर्ष २०७७/७८ मा रु. १४ खर्ब ५४ अर्ब ४४ करोड बराबरमा भएको थियो।

त्यसैगरी, आर्थिक वर्ष २०८१ को असार मसान्तसम्म बजार पुँजीकरण रु. ३५ खर्ब ५३ अर्ब ६७ करोड थियो भने २०८२ को असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई रु. ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ। मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन (IPO) मार्फत चार कम्पनी थपिएका छन्।

सो वर्षमा विभिन्न माध्यमबाट सूचीकृत भएका धितोपत्रको विवरण यस प्रकार छ:

  • प्रथम निष्कासन: ३ करोड ६५ लाख कित्ता सेयर

  • थप निष्कासन: ११ लाख २० हजार कित्ता सेयर

  • सरकार तथा स्थानीयलाई वितरण: ४ करोड ३२ लाख ५८ हजार कित्ता सेयर

  • सामूहिक लगानी कोष: ३७ करोड ८१ लाख एकाइ

  • संस्थागत ऋणपत्र: ८३ लाख कित्ता

जम्मा: ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन्।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आर्थिक वर्ष २०८१/८२ मा भएको यस उत्साहजनक कारोबारप्रति नेपाल सरकारको अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकाय, कारोबार सदस्य, सूचीकृत कम्पनीहरू, मर्चेन्ट बैंकरहरू, सिडिएस एन्ड क्लियरिंग लिमिटेड, लगानीकर्ता, सञ्चारकर्मी र समग्र पुँजी बजारका सरोकारवालाहरूलाई आभार व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया