Nepal Life

एशियन ब्याट्रीजको आईपीओ व्यवस्थापन गर्न हिमालयन क्यापिटल नियुक्त

NMB Bank
  • BFIS News
  • 2025 Jul 18 12:17
एशियन ब्याट्रीजको आईपीओ व्यवस्थापन गर्न हिमालयन क्यापिटल नियुक्त
National Life

काठमाडौं, साउन २: हिमालयन क्यापिटल लिमिटेड र एशियन ब्याट्रीज लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार हिमालयन क्यापिटलले एशियन ब्याट्रीजको आईपीओ निष्काशन व्यवस्थापन गर्नेछ।

Shikhar
NIMB

विसं २०७० मा स्थापना भई मोरङमा मुख्यालय रहेको एशियन ब्याट्रीजले आफ्नो कुल चुक्ता पूँजी ६५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् १३ लाख कित्ता सेयर सार्वजनिक निष्काशनमार्फत बिक्री गर्ने योजना सार्वजनिक गरेको छ। उक्त सेयरको कुल मूल्य १६ करोड रुपैयाँ हुनेछ।

एशियन ब्याट्रीज नेपालमा सिसा-एसिड ब्याट्री उत्पादन गर्ने प्रमुख कम्पनीहरूमध्ये एक हो। कम्पनीले सवारी साधन, विद्युतीय रिक्सा, स्कुटर, मोटरसाइकल र सोलार प्रणालीमा प्रयोग हुने ब्याट्री उत्पादन गर्दै आएको छ। कम्पनीले निकट भविष्यमा लिथियम ब्याट्री उत्पादन र पुराना ब्याट्री पुनः प्रयोग (रिसाइकल) गर्ने योजनासमेत अघि सारेको छ।

ललितपुरमा मुख्य कार्यालय रहेको एशियन ब्याट्रीजका देशभर विभिन्न शाखा कार्यालयहरू छन्। कम्पनीले भरपर्दो, गुणस्तरीय र सुलभ मूल्यमा सेवा प्रदान गर्दै नेपालको सबैभन्दा विश्वासिलो पावर सोलुशन ब्रान्ड बन्ने लक्ष्य लिएको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया