Nepal Life

हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Jul 20 11:13
हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
National Life

काठमाडौं, साउन ४।   हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको फर्दर पब्लिक इस्यू (एफपीओ) मा आवेदन दिन आज अन्तिम दिन हो।

Shikhar
NIMB

बैंकले असार ३२ गतेदेखि एफपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने प्रावधान अनुसार एफपीओ ल्याइएको हो। हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ छ। यसमध्ये ७२.९९ प्रतिशत संस्थापक समूहको र २७.०१ प्रतिशत सर्वसाधारणको स्वामित्वमा छ। सर्वसाधारणको स्वामित्व हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता शेयर निष्कासन गरेको हो, जसको कुल मूल्य १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबर हुन्छ।

एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। केयर रेटिङ नेपालले एफपीओको रेटिङ गर्दै बैंकलाई 'CARE-NP BBB (Issuer)' रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्दछ।

एफपीओको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखाहरुबाट वा 'मेरो शेयर' मार्फत अनलाइन सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

एफपीओ निष्कासनपश्चात बैंकको चुक्ता पूँजी बढेर २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया