NIMB Header 2
Nepal Life

दुई पुनर्बीमा सहित यि १० कम्पनी जसले बुलिस बजारलाई बनायो रौनक, २१.७६ अंकको सुधारमा १६ अर्बको कारोबार

National Life
  • BFIS News
  • 2025 Jul 21 15:23
दुई पुनर्बीमा सहित यि १० कम्पनी जसले बुलिस बजारलाई बनायो रौनक, २१.७६ अंकको सुधारमा १६ अर्बको कारोबार
Sanima Reliance

काठमाडौं। पछिल्लो बुलिस बजारमा दुई पुनर्बीमा कम्पनी सहित केहि जलविद्युत र लघुवित्त वित्तीय संस्थाले रौनकता थपेका छन्। सोमबार नेप्से परिसूचक ३१.७८ अंकले सुधार हुँदा १६ अर्ब ३२ करोडको कारोबार भएको छ।

Shikhar
NIMB

केहि दिनदेखि दुई पुनर्बीमा कम्पनीको कारोबार सर्वाधिक धेरै हुँदै आइरहेको छ। कारोबार मात्रै होइन मूल्यमा पनि राम्रो सुधार भइरहेको छ। आज मात्रै नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा ३२ रुपैयाँले बृद्धि भएर १४९५ रुपैयाँ पुगेको छ। कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँको खरिद बिक्री भएको छ।

दोस्रो धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको ७५ करोड २८ लाख रुपैयाँको भएको छ। यसको शेयर मूल्य पनि ४७ रुपैयाँले बढेर १०४३ रुपैयाँ कायम भएको छ। तेस्रो धेरै कारोबार बुटवल पावरको ५६ करोड ७९ लाख रुपैयाँको भएको छ। कम्पनीको शेयर मूल्य झिनो अंकले घटेर ९५६ रुपैयाँ कायम भएको छ। यस कम्पनीको शेयर मूल्यमा भएको सुधारले लगानीकर्ता चकित परेका छन्।

चौथो धेरै कारोबार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५१ करोड ७१ लाख रुपैयाँको भएको छ। संस्थाको शेयर मूल्य आज मात्रै ८.९९ प्रतिशतले बढेर ९५७ रुपैयाँ पुगेको छ।

त्यस्तै छैठौ नम्बरमा रहेको लुम्बिनी विकास बैंकको ४२ करोड १७ लाख रुपैयाँको खरिद बिक्री भएको छ। कम्पनीको शेयर मूल्य भने ५५१ रुपैयाँ रहेको छ। सातौ धेरै कारोबार भएको साहस उर्जाको ३९ करोड ५ लाख रुपैयाँको भएको छ। कम्पनीको शेयर मूल्य ६९० रुपैयाँ पुगेको छ। शिवश्री हाइड्रोपावर पनि लगानीकर्ताको रोजाइमा परेको छ। जसले गर्दा ३४ करोड ८१ लाख रुपैयाँको कारोबार भयो। जसको शेयर ३०० रुपैयाँ छ। सानिमा माइ हाइड्रोपवारको ३२ करोड ९ लाखको खरिद बिक्री भयो। कम्पनीको शेयर मूल्य ६३० रुपैयाँ छ। अर्को ङादी ग्रुप पावरको ३१ करोड ५५ लाख रुपैयाँको खरिद बिक्री भएको छ। कम्पनीको शेयर मूल्य ४१३ रुपैयाँ कायम भएको छ। अर्बो राधी विद्युतको शेयर २९ करोड ६५ लाख रुपैयाँको खरिद बिक्री हुँदा शेयर मूल्य पनि ८१४ रुपैया छ।

शेयर बजारमा विशेष गरी १० कारोबार हुने कम्पनीले नै लिड गरिरहेको हुन्छ। जसको कारोबारको हिस्सा २८ प्रतिशत रहेको छ। यसरी आज ३११ वटा कम्पनीको शेयर कारोबार हुँदा १० वटाको हिस्सा २८ प्रतिशत छ। आज १६ अर्ब ३२ करोडको कारोबार हुँदा १५३ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ भने ९६ वटाको शेयर मूल्यमा गिरावट आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया