NIMB Header 2
Nepal Life

बन्दीपुर केवलकारले आजदेखि प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन

Muktinath Bank
  • BFIS News
  • 2025 Jul 22 08:34
बन्दीपुर केवलकारले आजदेखि प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन
National Life

काठमाडौं। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज साउन ६ गतेदेखि आफ्नो साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले कुल जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत, अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको हो। यसमध्ये आयोजनाबाट प्रत्यक्ष प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ५ लाख ६६ हजार कित्ता साधारण सेयर निष्काशन हुँदैछ, जसको कुल मूल्य ५ करोड ६६ लाख रुपैयाँ रहेको छ।

NIMB

यस सेयरमा आवेदन दिन पाउने क्षेत्रमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ७ समावेश छन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल ५ लाख २९ हजार ४०० कित्ता सेयर निष्काशन गरिँदैछ, जसको मूल्य ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको हुनेछ। यी सेयरहरूमा आवेदन दिन वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएको प्रमाण प्रस्तुत गर्नुपर्नेछ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका लागि सेयर निष्काशनको अन्तिम म्याद छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले सेयर निष्काशनका लागि केयर रेटिङ नेपालबाट "CARE-NP BB" रेटिङ प्राप्त गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको जनाउँछ। कम्पनीले सञ्चालन गर्न लागेको आयोजनाको कुल लागत अनुमानित ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। उक्त परियोजनाबाट लगानी फिर्ता हुने सामान्य अवधि ८.२२ वर्ष र छूट सहितको अवधि १०.५ वर्ष तोकिएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानिय बासिन्दाहरूले बन्दीपुर गाउँपालिका वडा नं. ४ स्थित कम्पनी कार्यालय, आँबुखैरेनी गाउँपालिका कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय, र पालुङ्टार नगरपालिका वडा नं. ७ को कार्यालयमा गई दरखास्त फाराम बापत २ रुपैयाँ बुझाएर आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सी-आस्बा प्रणाली वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको “मेरो सेयर” अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया