Nepal Life

बन्दीपुर केवलकारको आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Jul 25 10:58
बन्दीपुर केवलकारको आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आज अन्तिम दिन
National Life

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिन आज साउन ९ गते अन्तिम दिन रहेको छ।

Shikhar
NIMB

कम्पनीले कुल २ अर्ब ८३ करोड रुपैयाँ जारी पूँजीको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। त्यसअनुसार सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको ५ लाख २९ हजार ४०० कित्ता शेयर विदेशमा रहेर वैदेशिक रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी निष्काशन गरिएको हो। यस शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

विदेशमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशनको मूल्याङ्कनमा केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। लगानी फिर्ता हुने अनुमानित साधारण अवधि ८.२२ वर्ष तथा छुट रकम समायोजनपछि लगानी फिर्ता हुने अवधि १०.५ वर्ष रहेको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सि-आस्बा प्रणाली वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरोशेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया