NIMB Header 2
Nepal Life

तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2025 Jul 27 10:36
तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (साउन ११ गते) अन्तिम दिन हो। कम्पनीले असार १६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो।

Shikhar
NIMB

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता नयाँ शेयरको अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो, जसको कुल रकम ४० करोड रुपैयाँ बराबर हुन्छ।

हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। सोअनुसार जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

शेयर निष्काशनको लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी’ (ICRA NP Issuer Rating BB) प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्न सक्ने मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। शेयरधनीहरूले नबिल इन्भेष्टमेन्टसँगै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप तथा संक्रान्तिबजार शाखा र कुमारी बैंकको मेन्छियायम शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत पनि आवेदन दिन सकिन्छ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी दोब्बर भई ८० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद शेयरबाट संकलन हुने रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको आंशिक भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ। हाल माछापुच्छ्रे बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकमा गरी कम्पनीको ९२ करोड ६१ लाख ३७ हजार ७१० रुपैयाँ ४ पैसा बराबरको ऋण रहेको छ। तीमध्ये १६ करोड रुपैयाँ माछापुच्छ्रे बैंक, १२–१२ करोड रुपैयाँ नबिल बैंक र ग्लोबल आइएमई बैंकमा भुक्तानी गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया