Nepal Life

रिभर फल्स पावर लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव सेबोनबाट स्वीकृत

NMB Bank
  • BFIS News
  • 2025 Jul 27 11:55
रिभर फल्स पावर लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव सेबोनबाट स्वीकृत
National Life

काठमाडौं, साउन ११।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिभर फल्स पावर लिमिटेड (आरएफपीएल) को १०० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको छ।

Shikhar
NIMB

कम्पनीले हालका सेयरधनीहरूका लागि १:१ अनुपातमा ७० करोड रुपैयाँ बराबरका ७०,००,००० इकाई हकप्रद सेयर जारी गर्न लागेको हो। यसअघि कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेकोमा हकप्रद सेयर पश्चात १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

यस हकप्रद सेयर निष्कासनको व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेड लाई दिइएको छ।

हाल रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य रु. ७३१.४९ मा कारोबार बन्द भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया