NIMB Header 2
Nepal Life

अन्तिम १५ मिनेटको औसत मूल्यमा देखिएको गडबडीलाई तत्काल समाधान गर्न नेपाल सेयर बजार लगानीकर्ता संघको माग

National Life
  • BFIS News
  • 2025 Jul 29 20:37
अन्तिम १५ मिनेटको औसत मूल्यमा देखिएको गडबडीलाई तत्काल समाधान गर्न नेपाल सेयर बजार लगानीकर्ता संघको माग
Sanima Reliance

काठमाडौं, २०८० साउन १३ गते – नेपाल सेयर बजार लगानीकर्ता संघले आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीहरूसँग सेयर बजारका विविध विषयमा गम्भीर छलफल गरेको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत चापगाँई र प्रवक्ता मुराहरी पराजुली सँग संघका पदाधिकारीहरूले भेटवार्ता गरेका हुन्।

Shikhar
NIMB

छलफलका क्रममा लगानीकर्ताहरूको तर्फबाट विशेषगरी  २०८२/४/१२  भएको १५ मिनेटको औसत मूल्यमा देखिएको गडबडी र यसले लगानीकर्तामा सिर्जना गरेको अन्योलबारे प्रमुखताका साथ कुरा उठाइएको थियो। प्राविधिक पक्षमा देखिएका समस्याहरूको समाधानका लागि नेप्सेले गर्नुपर्ने कार्यहरूका बारेमा समेत विस्तृतमा विषयवस्तुहरू राखिएका थिए। संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चापगाँईलाई  ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरेका थिए।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चापगाँईले लगानीकर्ताहरूलाई आश्वस्त पार्दै भविष्यमा यस पक्षमा गम्भीरतापूर्वक काम गरिने जानकारी दिए। यस छलफलले लगानीकर्ताका जायज चासोहरूलाई सम्बोधन गर्न र बजारको प्राविधिक पक्षलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

छलफलमा नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठ, उपाध्यक्ष भगवान राउत, महासचिव रविन कँडेल, कोषाध्यक्ष मच्छिन्द्र बस्नेत, र सदस्य सुदर्शन गौतम को सहभागिता रहेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया