NIMB Header 2
Nepal Life

सेयर ठगी आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा

National Life
  • BFIS News
  • 2025 Jul 31 04:05
सेयर ठगी आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा
Sanima Reliance

काठमाडौं, साउन १४ — ठगीको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन्। करिब १० दिन प्रहरी हिरासतमा रहेपछि काठमाडौं जिल्ला अदालतको अनुमतिमा बुधबार उनी रिहा भएका हुन्।

Shikhar
NIMB

काठमाडौं प्रहरी परिसरले साउन ५ गते टोखाबाट अग्रवाललाई पक्राउ गरेको थियो। उनलाई अदालतबाट आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दामा पक्राउ अनुमति प्राप्त गरेपछि अनुसन्धानका लागि हिरासतमा लिइएको थियो। अनुसन्धानपश्चात् आवश्यक परेको खण्डमा उपस्थित हुनुपर्ने सर्तमा अग्रवाललाई हाजिरी जमानीमा छोडिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मोरङको विराटनगर महानगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ मा बस्दै आएका ४२ वर्षीय अग्रवालले धनुषा जनकपुर उपमहानगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१० मा बस्ने ६० वर्षीय दिनेशप्रसाद साहलाई झण्डै ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

अग्रवालमाथि सेयर कारोबारमार्फत लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरूलाई समेत ठगी गरेको आरोप लागिरहेको छ। नेपाल धितोपत्र बोर्डले समेत उनको गतिविधिका सम्बन्धमा अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाइसकेको छ।

उनले सस्तोमा सेयर खरिद गरेर अनावश्यक हल्ला फैलाउँदै मूल्य बढाइ लगानीकर्तालाई खरिद गर्न प्रेरित गर्ने र त्यसपछि आफैंले सेयर बिक्री गरेर लाभ उठाउने गरेको अनुसन्धानमा खुलेको छ। साथै, उनले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (TMS) खाता सञ्चालन गरी आफैं खरिद–बिक्री गरेर सेयर मूल्य कृत्रिम रूपमा बढाउने गरेको आरोप छ।

प्रहरीका अनुसार अग्रवालले सामाजिक सञ्जालमार्फत झुटा आश्वासन दिँदै लगानीकर्तालाई आकर्षित गर्ने र उनीहरूबाट ठगी गर्ने कार्य गर्दै आएका थिए। उक्त आरोपको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया