NIMB Header 2
Nepal Life

नेप्सेले अनलाइन प्रणालीको मेन्टेनेन्स गर्दै, सेवा प्रदायकलाई सूचीदर्ता गर्न आह्वान

National Life
  • BFIS News
  • 2025 Aug 01 18:00
नेप्सेले अनलाइन प्रणालीको मेन्टेनेन्स गर्दै, सेवा प्रदायकलाई सूचीदर्ता गर्न आह्वान
Sanima Reliance

काठमाडौं, साउन १६, गते। नेपाल स्टक एक्सचेञ्जले अनलाइन ट्रेडिङ प्रणालीको मेन्टेनेन्स "Support and Maintenance Service of NEPSE Online Trading System" गर्ने भएको छ। नेप्सेले यसका लागि सम्बन्धित सेवा प्रदाय संस्थाहरुलाई सूचिदर्ता गर्न आह्वान समेत गरेको छ।

Shikhar
NIMB

इच्छुक तथा योग्य परामर्शदाताहरूले नेप्सेको कार्यालयमा तोकिएको ढाँचामा प्रस्ताव पेश गर्न सक्ने छन्। यस्तो प्रस्ताव भदौ १ गते दिउँसो १२:०० बजेसम्म दिन पाइने नेप्सेले जनाएको छ।

नेप्सेले प्रस्ताव पेश गर्नेहरुको मूल्याङ्कन गर्नेछ। जसमा सम्बन्धित सेवा प्रदायकको योग्यतालाई ४० प्रतिशत, अनुभवलाई ५० प्रतिशत र क्षमतालाई १० प्रतिशत दिएर जसले राम्रो अंक ल्याउछ यसैलाई छनोट गर्नेछ। यसरी मूल्याङ्कन गर्दा प्रस्तावकले कम्तिमा पनि ६५ प्रतिशत प्राप्त गर्नै पर्नेछ। यसरी योग्य ठहरिएमा शिर्ष ६ वटा फर्महरुलाई प्राविधिक तथा वित्तीय प्रस्तावका लागि आह्वान गर्नेछ।

नेप्सेको अनलाइन प्रणालीको निर्माण गरेको ५ वर्ष पुग्न थाल्यो। अनलाइन प्रणाली यस्तो क्षेत्र हो जसमा एकदमै छिटो छिटो परिवर्तन हुने गरेको छ। यसले गर्दा समय समयमा मेन्टेनन्स अनिवार्य छ। 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया