NIMB Header 2
Nepal Life

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2025 Aug 04 08:56
दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिन आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं, साउन १९।  दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (साउन १९ गते) अन्तिम दिन हो। कम्पनीले साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको थियो।

Shikhar
NIMB

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर सफलतापूर्वक बाँडफाँट गरिसकेको छ।

कम्पनीले कुल १ अर्ब ३ करोड ५ लाख रुपैयाँ जारी पूँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

यसमा:

  • आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि १० लाख ३० हजार ५०० कित्ता

  • वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार ९५० कित्ता

  • कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता

  • र सामूहिक लगानी कोषहरूका लागि १ लाख ४५ हजार ९७५ कित्ता सेयर पहिल्यै बाँडफाँट भइसकेको छ।

अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरेको हो, जसको कुल मूल्य २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ हुन्छ।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘IRN BB-’ रेटिङ्ग प्रदान गरेको छ, जसले औसत जोखिममा रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाट क्षमताको दरम खोला जलविद्युत् आयोजनाको अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड ७९ लाख रुपैयाँ रहने अनुमान छ। आयोजनाको विद्युत् उत्पादन अनुमति अझै २८ वर्ष बाँकी रहेको छ। सो आयोजना साधारण हिसाबमा ९.८३ वर्षमा लगानी फिर्ता हुनेछ भने छुट अवधिमा १७.९० वर्ष लाग्ने अनुमान गरिएको छ।

दरमखोला हाइड्रो इनर्जीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा 'मेरो शेयर' प्रणालीमार्फत अनलाइनबाट समेत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया