Nepal Life

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Aug 05 11:24
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिन
National Life

काठमाडौं, साउन २० गते। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि साउन ६ गतेदेखि जारी गरेको आईपीओमा आवेदन दिन आज साउन २० गते अन्तिम दिन हो।

Shikhar
NIMB

कम्पनीले आफ्नो कुल जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। त्यस अन्तर्गत, आयोजना प्रभावित स्थानीयवासीका लागि ५ करोड ६६ लाख रुपैयाँ बराबरको ५ लाख ६६ हजार कित्ता शेयर (प्रति कित्ता १०० रुपैयाँ दरमा) बिक्री खुला गरिएको हो।

यस शेयरमा आवेदन दिन सक्ने क्षेत्रहरूमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ र गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरू रहेका छन्। आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्काशनको लागि केयर रेटिङ नेपालले "CARE-NP BB Issuer Rating" प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

बन्दीपुर केवलकार परियोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। यस परियोजनाको सामान्य लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.५ वर्षको अनुमान गरिएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले कम्पनीको तल्लो स्टेशनस्थित कार्यालय (बन्दीपुर गाउँपालिका वडा नं. ४), आँबुखैरेनी गाउँपालिका कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्टार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम बुझाउँदा प्रति दरखास्त २ रुपैयाँ शुल्क लाग्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया