NIMB Header 2
Nepal Life

सागर डिष्टिलरीले साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्दै

National Life
  • BFIS News
  • 2025 Aug 05 11:30
सागर डिष्टिलरीले साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्दै
Sanima Reliance

काठमाडौं, साउन २० – सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

Shikhar
NIMB

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी कुल जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँबराबरको १४ लाख ५२ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने योजना ल्याएको हो। यसमध्ये १० प्रतिशत हिस्सा अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको १ लाख ४५ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि छुट्याइएको हो।

आईपीओमा साउन २८ गतेदेखि भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ। यदि तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा आवेदन दिने अवधि भदौ ११ गतेसम्म लम्ब्याइनेछ। आवेदन गर्न चाहने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको प्रमाण पेश गर्नु पर्नेछ।

आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मको लागि माग गर्न सकिनेछ। कम्पनीको आईपीओ निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन सि)गल बी प्लस’ रेटिङ्ग दिएको छ, जसले कम्पनीमा समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया