NIMB Header 2
Nepal Life

नेप्से परिसूचक ४१ अंकले घट्यो, कारोबार रकम पनि घट्दै

National Life
  • BFIS News
  • 2025 Aug 05 15:27
नेप्से परिसूचक ४१ अंकले घट्यो, कारोबार रकम पनि घट्दै
Sanima Reliance

काठमाडौं, साउन २०।  साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन (सोमबार) उकालो लागेको बजार मंगलबार भने पुनः ओरालो लागेको हो।

Shikhar
NIMB

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ६.५१ अंक, फ्लोट इन्डेक्स २.७७ अंक, र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२६ अंकले घटेका छन्।

कारोबार रकममा समेत उल्लेख्य गिरावट

मंगलबार कुल ३२५ स्टकको १ लाख ३० हजार ९५३ पटक कारोबार हुँदा २ करोड २२ लाख ७ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँ पुगेको छ। सोमबारको करिब ११ अर्बको कारोबारको तुलनामा यो रकम उल्लेख्य रूपमा घटेको हो।

सर्किट लेभलमा दुई स्टक

यस दिन समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै, विन नेपाल लघुवित्तको शेयरमूल्य ४.५ प्रतिशतभन्दा बढीले बढेको छ भने थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घट्दै सर्वाधिक घाटामा रह्यो।

कारोबार रकमका आधारमा हिमालयन रि शीर्ष स्थानमा

मंगलबार कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स अगाडि रहेको छ। सो कम्पनीको ३९ करोड २८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, ट्रेड टावरको ३७ करोड रुपैयाँभन्दा बढी र शिवम् सिमेन्ट्सको ३३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूह सूचकमा मिश्रित प्रभाव

१३ वटा उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

  • लघुवित्त र म्युचुअल फन्ड उपसमूहको सूचक सामान्य रूपमा उकालो लागेको हो।

  • अन्य उपसमूह सबैभन्दा बढी २.७६ प्रतिशतले घटेको छ।

  • विकास बैंक उपसमूह २ प्रतिशतभन्दा बढीले घट्दा,

  • बैंकिङ, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।

(उल्लेखित तथ्यांक अन्तिम १५ मिनेटको भारित औसत गणनाअघि संकलित हुन्। औसत गणनापछि तथ्यांकमा केही परिमार्जन हुन सक्नेछ।)

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया