NIMB Header 2
Nepal Life

लगानीकर्ताले आइजिन नम्बर कार्यान्वयनको दवाव दिदै भेटे धितोपत्र बोर्डका अध्यक्ष

Muktinath Bank
  • BFIS News
  • 2025 Aug 06 16:22
लगानीकर्ताले आइजिन नम्बर कार्यान्वयनको दवाव दिदै भेटे धितोपत्र बोर्डका अध्यक्ष
National Life

काठमाडौं, २१ साउन । लगानीकर्ताले आइजिन नम्बर कार्यान्वयनको दवाव दिदै नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेटेका छन्। बोर्डका अध्यक्ष श्रेष्ठ र विभिन्न लगानीकर्ता संघ-संगठनका पदाधिकारीहरूबीच आज धितोपत्र बोर्डको कार्यालयमा एक महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा शेयर बजारमा बोर्डको भूमिका, बजारको वर्तमान अवस्था र सुधारका विविध पक्षमा विस्तृत रुपमा विमर्श गरिएको थियो।

NIMB

बैठकमा अहिले बजारको सबैभन्दा चर्चित र संवेदनशील विषय बनेको अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (ISIN) विवादबारे गम्भीर छलफल भएको थियो। यस सम्बन्धमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) ले तयार पारेको निर्देशिका अविलम्ब लागू गर्नुपर्ने माग लगानीकर्ता संघका प्रतिनिधिहरूले एक स्वरमा प्रस्तुत गरे। साधारण, संस्थागत र अन्य प्रकारका सेयरका लागि छुट्टाछुट्टै ISIN हुनु पारदर्शिता र बजारको सुदृढीकरणका लागि आवश्यक रहेकोमा सबै पक्ष एकमत देखिए।

छलफलका क्रममा १५ मिनेटको भारित औसत मूल्य (WAMP) गणनामा देखिएको प्राविधिक समस्या र त्यसले बजारमा पारिरहेको नकारात्मक असरबारे पनि गम्भीर विमर्श भयो। उक्त समस्या समाधानका लागि तत्काल कदम चाल्नुपर्ने र सम्बन्धित सबै पक्षले आपसी समन्वयमा काम गर्नुपर्ने आवश्यकता औंल्याइयो।

यस्तै, बजारलाई प्रभाव पार्ने उद्देश्यले भइरहेका विभिन्न क्रियाकलापप्रति धितोपत्र बोर्डले गम्भीर निगरानी गर्नुपर्ने र यस्ता गतिविधिमाथि तत्काल कारबाही थाल्नुपर्ने माग पनि लगानीकर्ता प्रतिनिधिहरूले गरेका छन्।

उक्त छलफलमा नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे र महासचिव सुरज खड्का, जनरल इन्भेस्टर एसोसिएसनका अध्यक्ष दीपक कार्की, साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतु जंग जी.सी., नेपाली धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे, नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेल तथा स्वतन्त्र बजार विश्लेषक हरिबहादुर के.सी. को सहभागिता रहेको थियो।

धितोपत्र बजार सुधार र लगानीकर्ता हितको संरक्षणका लागि यस्ता संवाद र सहकार्य निरन्तर हुनुपर्नेमा छलफलमा सहभागी सबै पक्षको साझा धारणा देखिएको थियो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया