NIMB Header 2
Nepal Life

नेप्से बढ्दा कारोबार रकम समेत वृद्धि, लिबर्टी इनर्जी शीर्ष कारोबारमा

National Life
  • BFIS News
  • 2025 Aug 07 15:29
नेप्से बढ्दा कारोबार रकम समेत वृद्धि, लिबर्टी इनर्जी शीर्ष कारोबारमा
Sanima Reliance

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.३० अंकले बढ्दै २,८५०.३७ विन्दुमा पुगेर बन्द भएको छ। पछिल्ला दुई दिन लगातार घटेको नेप्से यो दिन सकारात्मक रह्यो।

Shikhar
NIMB

यस दिन सेन्सेटिभ इण्डेक्स २.६१ अंकले बढेर बन्द भयो भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंकले वृद्धि भएको छ।

कारोबार रकममा पनि उल्लेख्य वृद्धि

नेप्सेसँगै कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन अर्थात् बुधबार ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३१८ स्टकको ९५ हजार ८३९ पटकको कारोबारमा २ करोड ५४ लाख ३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँ पुगेको छ।

सबैभन्दा बढी उकालो लागेको स्टकः सिक्लेस हाइड्रो

बिहीबार सिक्लेस हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.८१ प्रतिशतले वृद्धि भएको छ। बरुण हाइड्रोपावरको शेयर मूल्य पनि साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ। मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयरमा पनि साढे ७ प्रतिशतभन्दा बढीको उकालो देखिएको छ।

यता, सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८.२६ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावटमा परेको स्टक बन्यो।

लिबर्टी इनर्जीको अग्रता

कारोबार रकमका आधारमा बिहीबार लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ३९ करोड १ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसपछिको स्थानमा शिवम् सिमेन्ट्स रह्यो, जसको कारोबार करिब ३७ करोड रुपैयाँ बराबरको रह्यो। हिमालयन रि-इन्स्योरेन्सको कारोबार पनि २३ करोड रुपैयाँ नाघेको छ।

१३ वटै उपसमूहको परिसूचक वृद्धि

बिहीबारको कारोबारमा सूचीकृत सबै १३ वटै उपसमूहको परिसूचक हरियै रह्यो। तीमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले बढ्यो। त्यसैगरी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। बाँकी उपसमूहमा सामान्य वृद्धिको प्रवृत्ति देखिएको छ।

नेप्सेमा देखिएको सुधारले बजारमा लगानीकर्ताको मनोबल थप बलियो हुने विश्लेषकहरू बताउँछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया