NIMB Header 2
Nepal Life

शेयर बजार सोमबार मात्र खुल्ने, सरकारी कर्मचारीको गुनासो– “दुई दिन बिदा गुम्यो”

National Life
  • BFIS News
  • 2025 Aug 08 11:37
शेयर बजार सोमबार मात्र खुल्ने, सरकारी कर्मचारीको गुनासो– “दुई दिन बिदा गुम्यो”
Sanima Reliance

काठमाडौं । गाईजात्रा पर्वका अवसरमा आइतबार सार्वजनिक बिदा हुने भएकाले शेयर बजार अब सोमबार मात्र सञ्चालन हुने भएको छ।

Shikhar
NIMB

आज, भोलि र पर्सी तीन दिनसम्म बजार बन्द रहने भएकाले लगानीकर्ता केही दिनका लागि कारोबारको चापबाट मुक्त हुनेछन्।

यसपटक जनै पूर्णिमा र श्रीकृष्ण जन्माष्टमी दुवै पर्व शनिबार परेको हुँदा सरकारी कर्मचारीले भने दुई दिनको बिदा गुमेको गुनासो गरेका छन्। “शनिबारको सट्टा अन्य दिन यी पर्व परेको भए दुई दिन अतिरिक्त बिदा पाइन्थ्यो, तर शनिबार परेकाले घाटा भयो,” एक कर्मचारीले प्रतिक्रिया दिए।

यस वर्षका मुख्य चाडपर्वहरू एकपछि अर्को गर्दै आउने क्रममा छन्। सरकारले यस वर्षका सबै चाडपर्वको सार्वजनिक बिदा मिति पहिले नै सार्वजनिक गरिसकेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया