Nepal Life

सिटि होटलको हकप्रद शेयर र गरिमा समृद्धि योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Aug 11 07:25
सिटि होटलको हकप्रद शेयर र गरिमा समृद्धि योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
National Life

काठमाडौं, साउन २६।  सिटि होटल लिमिटेड (CITY) को हकप्रद शेयर तथा गरिमा समृद्धि योजनाको (GSY) लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ।

Shikhar
NIMB

कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निष्काशन र गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरणका लागि भोली साउन २७ गते बुकक्लोज गर्ने भएको हो।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सिटि होटलका शेयरधनीहरूले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। त्यस्तै, गरिमा समृद्धि योजनाका इकाईधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन्।

सिटि होटलले हालको चुक्ता पूँजीको ८० प्रतिशत बराबर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन ४ गते हकप्रद शेयर निष्काशनको अनुमति दिएको थियो। यस हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया